काठमाडौं : चार दिनदेखि जारी नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बिहीबार सकिएको छ।बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने र विश्वासको मत दिने सांसदलाई कारबाहीको निर्णय गरेन। बुधबार २४ घण्टे स्पष्टीकरण माग गर्दै पत्र पठाए पछि नेपाल पक्षले समयमै त्यसको जवाफ दिइसकेको छ । दिउँसो २ बजेसम्म स्पष्टीकरणको जवाफ कुर्ने र ३ बजे बस्ने केन्द्रीय कमिटी बैठकबाट उनीहरुलाई कारबाही गर्ने तयारी थियो। तर एकताका लागि अधिकतम प्रयास गर्ने भन्दै बैठक सकिएको पार्टी प्रव