कर्मचारी दरबन्दी निर्धारण अन्तिम चरणमा

काठमाडौं । संघ, प्रदेशमा कर्मचारीको दरबन्दी निर्धारण गर्ने सरकारको तयारी अन्तिम चरणमा पुगेको छ ।   संघीय संरचनाअनुसार कर्मचारी समायोजन कार्यलाई अघि बढाउन सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेशमा कर्मचारीको दरबन्दी निर्धारण गर्न लागेको हो ...

सम्बन्धित सामग्री

कर्णालीमा कर्मचारी दरबन्दी थपिँदै

कर्णाली प्रदेश सरकारले कर्मचारीको दरबन्दी बढाउने गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) अन्तिम चरणमा पुगेको छ । नयाँ ओएनएम तयार भएमा प्रदेशमा हाल कायम रहेको कर्मचारी दरबन्दी सङ्ख्यामा वृद्धि हुने छ । कर्णाली प्रदेशका लागि दुई हजार नौ सय जनाको कर्मचारी दरबन्दी कायम गरिएको छ । त्यसलाई बढाएर तीन हजार तीन सय पुर्‍याउन लागिएको हो । कर्मचारीको दरबन्दी हेरफेर र थप गर्ने उद्देश्यले प्रदेशका सबै मन्त्रालय, मन्त्रालय मातहतका कार्यालयको कर्मचारी दरबन्दी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण तयार गर्ने काम भइरहेको छ । बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले ओएनएम कार्यान्वयनका लागि प्रदेश निजामती सेवा नियमावली २०८० स्वीकृत गरेको जनाइएको छ । योसँगै नयाँ ओएनएम तयार पार्ने बाटो खुलेको छ ।