काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा विभागीय टोली एपीएफले कुपण्डोलको फ्रेन्ड्स क्लबमाथि जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा एपीएफले ३-१ गोलअन्तरले जित निकालेको हो।
पाँचौ मिनेटमा फ्रेन्ड्स क्लबका जमोउ एन्थोनीको कडा प्रहार एपीएफका गोलकिपर युरा कुरियामाले बचाएका थिए। विदेशी खेलाडीका रुपमा एपीएफले भित्र्याएको…