काठमाडौँ । बैतडीमा चट्याङ लागेर वडा सदस्यको मृत्यु भएको छ। गएराति ८ बजे परेको चट्याङले पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्द सिंह भण्डारीको मृत्यु भएको हो। घर नजिकैको अन्न पिध्ने मिलमा काम गरिरहेका बेला भण्डारीलाई चट्याङ लागेको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।