काठमाडौं : छुटेका फ्रन्टलाइनरले पनि मंगलबारबाट खोप लगाउन पाउने भएका छन्।
सोमबार आयोजित पत्रकार सम्मेलनमा नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले केही फ्रन्टलाइनमा खटिनेहरू छुटेका छन् भने खोप लगाउन पाउने बताएका छन्।
पत्रकार सम्मेलनमा मन्त्री तामाङले भने,‘भोलिबाट ६० देखि ६४ वर्ष उमेरकालाई खोप लगाउँदै छौँ,फ्रन्टलाइनमा रहेकाहरु खोपको दायराबाट छुटेका केही साथीहरु छन् भने यहाँहरुलाई समेत दायरामा ल्याउने गरी अगाडी बढाएका छौँ।’
उनले कोरोना विरुद्धको खोप ल्याउन मित्र राष्ट्रसँग पहल गरि...