नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले १० मेगावाटसम्मका जलविद्युत् आयोजनालाई हाइड्रोलोजी पेनाल्टी (जरिवाना) छुट दिने निर्णय गरेको छ ।उपलब्धता घोषणा (एभाइबिलिटी डिस्लिरेसन) भन्दा कम विद्युत् उत्पादन गरेमा कम उत्पादन गरे बराबरको जरिवाना लगाउँदै आएको प्राधिकरणले जरिवाना छुट दिने निर्णय गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत् नियमन आयोगको निर्देशनअनुसार १० मेगावाटसम्मका आयोजनामा घोषणा गरेभन्दा […]