काठमाण्डाै – काठमाण्डौको न्यूनतम तापक्रम आज यस वर्षकै सबैभन्दा कम छ । बिहान पौने ९ बजेको मापनमा काठमाण्डौको न्यूनतम तापक्रम ४ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ ।
यस अघि बिहान ६ बजे ४ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको थियो । मौसविद् मन्जु बासीकाअनुसार अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । यसकै कारण आज काठमाण्डौमा पारिलो घाम लाग्ने सम्भावना कम रहेको उहाँले बताउनुभयो ।
उहाँकाअनुसार आज वाग्मती र गण्डकी प्रदेश तथा प्रदेश १ र २ को मौसम आंशिक बद्ली हुने सम्भावना छ । पश्चिमी न्य...