टोकियो ओलम्पिकः बक्सिङका दुई विश्व च्याम्पियन अन्तिम–१६ बाटै बाहिरिए

एजेन्सी। बक्सिङका दुई विश्व च्याम्पियन टोकियो ओलम्पिकको अन्तिम–१६ बाटै बाहिरिएका छन्। पुरुष फिदरवेटमा विश्व च्याम्पियन उज्वेकिस्तानका मिराजिजबेक मिर्जाखालिलोब आयरल्यान्डका कर्ट वाल्करसँग ४–१ ले हारे। त्यसको दुई घण्टा बित्न नपाउँदै पुरुष लाइट हेभीवेटमा रुसका २६ वर्षे इमाम खातेबले काजकिस्तानका बेगजद नुर्दाउलेतोभलाई ४–१ को कै अंकमा हराए।

सम्बन्धित सामग्री

टोकियो ओलम्पिकः बेलायतद्वारा पौडीमा विश्व कीर्तिमान

एजेन्सी । जापानमा जारी टोकियो ओलम्पिक २०२० बेलायतले पौडीको ४ गुण १०० मिटर मिक्स मिड्लेमा विश्व कीर्तिमान राख्दै स्वर्ण पदक जितेको छ।

टोकियो ओलम्पिकः अमेरिकाका विश्व च्याम्पियन केन्ड्रिक्स कोरोना संक्रमित

एजेन्सी। अमेरिकाका विश्व च्याम्पियन पोल भउल्टर साम केन्ड्रिक्स कोरोना भाइरस संक्रमित भएका छन्। संक्रमित भएपछि उनले टोकियो ओलम्पिक गुमाउने भएका छन्। केन्ड्रिक्समा कोभिड–१९ को कुनै लक्षण नदेखिए पनि परीक्षणको नतिजा पोजेटिभ आएको उनको बुबाले बताएका छन्। उनी अहिले होटेलमा आइसोलेसनमा छन्। रियो ओलम्पिकमा कांस्य पदक जितेका केन्ड्रिक्सले पछिल्लो दुई विश्व च्याम्पियनसिप जितेका छन्। उनको नाममा विश्व कीर्तिमान पनि छ।