पाइपलाइनमा रहेका कम्पनीहरूलाई आइपिओ अनुमति दिने तयारी
नेपाल धितोपत्र बोर्डले महिनौँ रोकिएर पाइपलाइनमा रहेका कम्पनीहरूलाई आइपिओ निष्कासन अनुमति दिने भएको छ । बोर्डको अध्यक्षको नियुक्ति पक्रिया लम्बिने भएपछि सम्पूर्ण तयारी पूरा गरेर निष्कासनको पर्खाइमा रहेका कम्पनीहरूलाई अनुमति दिने...
नेपाल धितोपत्र बोर्डले पाँच महिनादेखि रोकिएको सार्वजनिक निष्कासन (आइपिओ)लाई स्वीकृत दिने तयारी गरेको छ । निष्कासनको अन्तिम तयारीमा रहेका कम्पनीले बोर्डबाट अनुमति नपाएको गुनासो बढेपछि अर्थमन्त्री वर्षमान पुनले बोर्डका निमित्त अध्यक्ष...
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले जलविद्युत् कम्पनीको साधारण सेयर (आइपिओ) र हकप्रद सेयर निष्कासन रोकेको विषयलाई लिएर जलविद्युत् उद्यमीले सरकारको ध्यानाकर्षण गराउने तयारी गरेका छन् । बोर्डले आइपिओ र हकप्रद सेयर निष्कासनका...
सयपत्री हाइड्रोपावर लिमीटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २३ गते शुक्रबार चाबहिल स्थित आफ्नै केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको हो । सभामा आईपिओ निष्काशन गर्ने बारेको विशेष प्रस्ताव पेश हुने कम्पनीले जनाएको छ । कम्पनीले ३ लाख कित्ता आइपिओ निश्काशन गर्ने तयारी गरेको छ । कम्पनीले पहिलो चरणमा बाग्लुङ जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आर्इपिओ जारी गर्न लागेको हो। एक सय रुपैयाँ अंकित दरका कुल ३ करोड रुपैयाँ बराबरको तीन लाख कित्ता आर्इपिओ निष्काशनको लागि अनुमति माग गर्दै साउन २३ गते धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपिओ निष्काशन गर्ने छ । कम्पनीले २० प्रतिशतले हुन आउने ६ लाख कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गर्ने तयारी गरेको छ । स्थानीय र सर्वसाधारण गरी कम्पनीले कुल ९ करोडको ९ लाख कित्ता आईपिओ निष्काशन गर्ने छ । त्यस्तै साधारण प्रस्ताव अन्तर्गत आर्थिक वर्ष ७७/७८ को संचालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, नाफा नोक्सान प्रतिवेदन लगायतका अन्य वित्तीय विवरण पारित गर्ने, आर्थिक वर्ष ७८/७९ को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने , ६ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पेश हुने छ ।कम्पनीले बाग्लुङ्गमा निर्माण गरेको २.५ मेगावाटको दरमखोला ए साना जलविद्युत आयोजनाले बिद्युत उत्पादन थालेको १ बर्ष भएको छ ।
संचालनमा रहेका नयाँ जीवन बीमा कम्पनीहरु झन्डै ४ अर्ब रुपैयाँको आइपीओ निष्काशन प्रक्रियामा रहेका छन् । पछिल्लो समय एक साथ लाईसेन्स पाएका १० वटा नयाँ जीवन बीमा कम्पनी मध्ये ५ वटा कम्पनीले ३ अर्ब ८२ करोड बराबरको आइपिओ निष्काशन गर्ने तयारी गरेका हुन् । ५ वटा कम्पनीले भने आईपिओ निष्काशन गरिसकेका छन् ।हाल सबैभन्दा धेरै एक अर्ब ७५ करोड रूपैयाँ चुक्ता पूँजी रहेको सिटिजन लाइफ इन्स्योरेन्सले ७५ करोड रूपैयाँको आईपिओ निष्काशन गर्ने तयारी गरेको छ । आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब ५० करोड रूपैयाँ पुग्नेछ । त्यस्तै आईएमई लाइफ इन्स्योरेन्सले ६० करोड बराबरको आईपिओ निष्काशन गर्ने तयारी गरेको छ । आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब रूपैयाँ पुग्नेछ । कम्पनीले आईपिओ निष्काशन अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ ।त्यस्तै रिलायबल नेपाल इन्स्योरेन्सले प्रिमियममा आईपिओ निष्काशन गर्नको लागि बोर्डमा आवेदन दिइसकेको छ । कम्पनीले ११२ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २१२ मा आईपिओ निष्काशनको प्रस्ताव गरेको हो । यसो हुँदा कम्पनीले १ अर्ब २७ करोड रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्ने छ । त्यस्तै सन नेपाल लाइफले पनि प्रिमियममा आईपिओ निष्काशन गर्ने घोषणा गरिसकेको छ । यद्यपि कम्पनीले बोर्डमा आवेदन भने दिईसकेको छैन । कम्पनीले ६० लाख कित्ता आईपिओ निष्काशन गर्ने छ । महालक्ष्मी लाइफले पनि ६० लाख कित्ता नै आईपिओ निष्काशन गर्ने छ । यस कम्पनीले पनि बोर्डमा आवेदन दिएको छैन । आईपिओ निष्काशनपछि यी दुवै कम्पनीको चुक्ता पुंजी २ अर्ब पुग्ने छ । बोर्डमा आवेदन नदिएका कम्पनीले पनि प्रिमियममा आईपिओ निष्काशन गर्ने सम्भावना छ । यसो हुँदा निष्काशन हुने आईपिओ रकम बढ्ने छ, तर प्रिमियम थपेर निष्काशन हुने भएकोले कित्ता संख्या भने समान नै रहने छ । ज्योति लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, रिलायन्स लाइफ र सानिमा लाइफ इन्स्योरेन्सले भने आईपिओ निष्काशन गरिसकेका छन् । ज्योतिले ६६ करोड बराबरको , युनियनले ६४ करोड ५० लाख बराबरको, प्रभुले ६० करोड बराबरको, रिलायन्सले ६३ करोड बराबरको र सानिमा लाइफले ६० करोड बराबरको आईपिओ निष्काशन गरेको हो । हेर्नुस आईपिओ निष्काशन गरिसकेका र गर्न बाँकि रहेका जीवन बीमा कम्पनीहरुको विवरण :
काठमाडौं। सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि ५४ लाख कित्ता साधारण सेयर (आइपिओ) बिक्री गर्ने भएको छ। नेपाल धितो पत्र बोर्डले कम्पनीलाई आइपिओ बिक्रीको अनुमति दिएसँगै सर्वसाधारणका लागि बिक्री खुलाउने तयारी थालेको हो। इन्स्योरेन्सले कर्मचारी र सामूहिक लगानी कोषका लागि ५र५ प्रतिशत छुट्याएको छ। यसबाहेक ५४ लाख कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। कम्पनीको आइपिओको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।