नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवम् योङ कम्युनिस्ट लिग (वाइसिएल)का इन्चार्ज रामप्रसाद सापकोटा‘दीपशिखा’ले राष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको भूमिका निर्वाह गरेको बताएका छन् । वाइसिएलको कर्णाली प्रदेश स्तरीय बैठकमा बोल्दै सापकोटाले राष्ट्रपति भण्डारीले संविधानको संरक्षकको भूमिका निर्वाह नगरेका बताए । नागरिकता विधेयक राष्ट्रघाती नभएको बताउँदै सापकोटाले अंगिकृतलाई नागरिकता दिने नभई आमाबाबु नभएकाहरुलाई नागरिकता दिन ल्याएको बताए । नागरिकता विधेयक पारित भएमा नागरिकता नप