राष्ट्रियसभा निर्वाचन आज, ३२ स्थानका लागि ५२ चुनावी मैदानमा :: Pahilopost.com

काठमाडौँः संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभा सदस्यका लागि आज निर्वाचन हुँदैछ। बिहान १० बजेदेखि ३ बजेसम्म निर्वाचन हुनेछ। निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ। कूल ५९ सदस्यीय राष्ट्रियसभा सदस्यमध्ये तीन जना मनोनयनबाट चयन हुनेछन्। अन्य ५६ जना निर्वाचनबाट आउँनेछन्। ५६ मध्ये २४ जना निर्विरोध निर्वाचित भइसकेका छन्।

सम्बन्धित सामग्री

राष्ट्रियसभा निर्वाचन : कुल १८ मतदाता अनुपस्थित

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत १९ पदका लागि बुधबार भएको मतदानमा कुल १८ मतदाता अनुपस्थित भएका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार देशभर कुल दुई हजार २५ मतदातामध्ये दुई हजार सातजना मतदानमा सहभागी भएका छन् । सातै प्रदेशमा भएको निर्वाचनमा नौ राजनीतिक दलका ४३ उमेदवार चुनावी मैदानमा छन् ।...

राष्ट्रियसभा निर्वाचन : गण्डकीमा मतदान सुरु

पोखरा । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा मतदान सुरु भएको छ । यहाँ तीन क्लस्टरका ६ उमेदवारहरू चुनावी मैदानमा छन् । गण्डकीमा ८५ स्थानीय तहका १७० जनप्रतिनिधि र ५९ प्रदेशसभा सदस्यसहित कुल २२९ मतदाता छन् । पोखरास्थित निर्वाचन कार्यालयमा मतदान सुरु भएको हो । दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको...

राष्ट्रियसभा निर्वाचन तयारी पूरा, १९ पदका लागि ४३ जना मैदानमा, २०२५ मतदाता

काठमाडौं । राष्ट्रिय सभाको १९ सदस्य चयनका लागि भोलि हुने मतदानको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आगामी फागुन २० गतेबाट रिक्त हुन लागेको १९ सिटका लागि ४३ जना चुनावी मैदानमा रहेका छन् । प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा […]

राष्ट्रियसभा निर्वाचन : लुम्बिनी प्रदेशमा गठबन्धनका उम्मेदवारहरू जिल्ला भ्रमणमा

माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका सन्दर्भमा सत्तारुढ पाँच दलीय गठबन्धनका उम्मेदवारले चुनाव प्रचार थालेका छन् । उनीहरुले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी प्रदेशका विभिन्न जिल्ला भ्रमण तालिका सार्वजनिक गरेका हुन् ।राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवार युवराज शर्मा,  राजेन्द्र लक्ष्मी गैरे  र तुलप्रसाद विश्वकर्मा (राजेश) चुनावी मैदानमा छन् । सोमबार बुुटवलमा पत्रकार सम्मेलन गरेलगत्तै गठबन्धनका उम्मेदवारको टोली पाल्पा पुुगेको छ । मंगलबार गुुल्मीको तम्घास, अर्घाखाँचीमा भेटघाट ग

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा कसले मार्ला बाजी ?

बुटवल । माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट तीन जना सदस्य निर्वाचित हुनेछन् । तीन सीटका लागि सत्ता पक्ष र प्रमुख प्रतिपक्षबीच प्रतिस्पर्धा हुँदैछ । दुवै पक्षले ३–३ उम्मेदवार चुनावी मैदानमा उतारेका छन् ।तीन सदस्य पदका लागि हुने निर्वाचनमा महिलातर्फ नेकपा एमालेकी भारती उपाध्याय खनाल र सत्तारुढ गठबन्धनका तर्फबाट एकीकृत नेकपा समाजवादीकी राजेन्द्रलक्ष्मी गैरेबीच प्रतिस्पर्धा हुनेछ । गैरे पाल्पाकी हुन् भने खनाल बाँकेकी हुन् ।अन्य समूहतर्फ एमालेका रामदयाल गुप्ता र सत्ता पक्

राष्ट्रियसभा निर्वाचन : बागमतीमा गठबन्धन बलियो

हेटौंडा : राष्ट्रियसभामा बागमती प्रदेशबाट रिक्त हुन लागेको दुई पदका लागि ६ जना चुनावी मैदानमा उत्रिएका छन्। मंगलबार प्रदेश निर्वाचन कार्यालय हेटौंडामा ६ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।नेपाली कांग्रेस‚ नेकपा (माओवादी केन्द्र)‚ नेकपा (एकीकृत समाजवादी)‚ जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा सम्मिलित पाँचदलीय सत्तारुढ गठबन्धन, नेकपा (एमाले) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को उम्मेदवारी परेको छ।राष्ट्रियसभाको बागमती प्रदेशमा महिलातर्फ उजया शर्मा पौडेल र अन्यतर्फ र

राष्ट्रियसभा निर्वाचन आज, १८ सदस्यका लागि ४५ चुनावी मैदानमा, कांग्रेसको हात खाली

काठमाडौँ। राष्ट्रियसभाको रिक्त हुन लागेको १८ सदस्य पदका लागि आज निर्वाचन हुँदैछ। निर्वाचन आयोगले मतदानका लागि बिहान १० बजेदेखि अपराह्न

राष्ट्रियसभा निर्वाचन आज, १८ सदस्यका लागि ४५ चुनावी मैदानमा

काठमाडौँ: राष्ट्रिय सभाको रिक्त हुन लागेको १८ सदस्य पदका लागि आज निर्वाचन हुँदैछ। निर्वाचन आयोगले मतदानका लागि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्मको समय तोकेको छ। राष्ट्रिय सभा निर्वाचनका मतदाता प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख हुन्। स्थानीय तहमा १५०६ तथा प्रदेश सभामा ५५० गरी कूल

राष्ट्रियसभा निर्वाचन : प्रदेश २ मा तयारी पूरा

जनकपुरधाम : राष्ट्रियसभाको चार सदस्यका लागि प्रदेश २ मा बिहीबार निर्वाचन हुँदैछ। नेकपासँग राजपा र नेपाली कांग्रेससँग समाजवादी पार्टीले गठबन्धन गरी उम्मेदवारलाई चुनावी मैदानमा उतारेका छन्। मधेस आन्दोलनदेखि नेकपासँग चिढिएका राजपाले गठबन्धन गरेपछि धेरै नेता असन्तुष्ट छन्। त्यसैले क्रस भोटिङ हुने सम्भावना देखेर नेक...