स्थानीय चुनाव मितिबारे गठबन्धन अलमलमा

संविधान र कानुनले स्थानीय तह रिक्तताको परिकल्पना नगरेको भए पनि जनप्रतिनिधिहरूको पदावधि सकिने दिन नजिकिँदै जाँदा सत्तारूढ दलहरूले स्थानीय चुनावको मितिमा सहमति जुटाउन सकेका छैनन् । सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको मंगलबार बसेको बैठकले समेत चुनावको मितिबारे सरकारलाई स्पष्ट सुझाव दिन सकेन ।

सम्बन्धित सामग्री

स्थानीय चुनाव: मधेसमा जसपा र माओवादीको छुट्टै गठबन्धन

स्थानीय निर्वाचनमा उम्मेदवारी दिने समय नजिकिएको छ । तर पाँच दलीय सत्ता गठबन्धनमा भागबण्डाबारेको मुद्दा अझै पेचिलो बन्दै गएको छ । यस क्रममा काँग्रेससँग कुरा नमिले सत्ता गठबन्धनभित्र जसपा र माओवादीको छुट्टै गठबन्धन बन्ने स्थिति देखिएको छ । पाँच दलको गठबन्धनभित्र यी दुई दलको बीचमा छुट्टै गठबन्धन रहेको भन्दा पनि हुन्छ । गठबन्धनमा राख्ने प्रस्ताव होस् या कुनै छलफलको विषय दुवै दलको समान विचार हुन्छ । यदि स्थानीय चुनावमा अन्य दलको बीचमा गठबन्धन हुन नसके यी दुई दलको बीचमा गठबन्धन हुने यी दुई दलले अ

स्थानीय चुनाव पछि धकेल्ने सत्ता गठबन्धनको तयारी

काठमाडौं, २४ चैत्र । सत्ता गठबन्धनले स्थानीय चुनावलाई पछि धकेल्ने तयारी थालेका छन् । चुनावमा गठबन्धनले तालमेल गर्ने भनेपनि समस्याहरु आउन थालेपछि गठबन्धन चुनाव धकेल्ने तयारीमा लागेका हुन् । विश्वस्त स्रोतका अनुसार तीनै तहको चुनाव एकैपटक कात्तिक या मंसिरमा गर्नेबारे बालुवाटारले छलफल थालेको छ । चुनाव सार्ने पक्षमा माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष […]

मन पराएका प्रतिनिधि चुन्न नदिन अप्राकृतिक गठबन्धन : महासचिव पोखरेल

दाङ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैशाख ३० गते हुने स्थानीय चुनावमा जनताले मन पराएका प्रतिनिधि चुन्न नदिन अराजनीतिक प्रकृतिको गठबन्धन हुन लागेको बताए।मंगलबार दाङको घोराहीमा प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले चुनाव नगर्न विभिन्न षड्यन्त्र भएको भन्दै संविधान, कानुनको बाध्यता र आफ्नो पार्टीको निरन्तर खबरदारीले गर्दा वैशाख ३० गते स्थानीय चुनाव हुन लागेको बताए।उनले भने, ‘अहिले अराजनीतिक प्रवृत्ति गठबन्धन गर्ने तयारी भइरहेको छ। उनीहरूको विचारधारा पनि मिल्दैन तर

सबै चुनावमा गठबन्धन कायम रहन्छ : अध्यक्ष दाहाल

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय चुनाव मात्रै नभई आगामी सबै चुनावमा अहिलेकै गठवन्धन यथावत रहने बताउनुभएको छ । गृह जिल्ला चितवन पुग्नुभएका दाहालले भरतपुर विमानस्थलमा आगामी तीनै तहका चुनावमा गठबन्धन एक भएर चुनाव लड्ने बताउनुभयो । कांग्रेसका केही व्यक्ति एक्लै चुनावमा जानुपर्ने पक्षमा रहे पनि प्रधानमन्त्री शेरबहादुर देउवाले त्यसो नभनेको भन्दै […]

‘सत्ता गठबन्धन टिकाउन स्थानीय चुनाव सार्नु अवैधानिक’

संविधानविद्हरूले सत्ता र शासकीय सुविधा वा कुनै दलको स्वार्थलाई हेरेर स्थानीय चुनाव सार्न खोज्नु गैरसंवैधानिक मात्र नभई संविधानलाई खतरामा पार्ने काम भएको बताएका छन् ।

आगामी जेठ महिनाभित्रै स्थानीय चुनाव गर्ने सत्तारुढ गठबन्धनको निर्णय

काठमाडौं । सत्तासत्तारुढ गठबन्धनले जेठ महिनाभित्र स्थानीय तहको चुनाव सम्पन्न गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ । गठबन्धन बैठकपछि पत्रकारसँग कुरा गर्दै सरकारका प्रवक्ता समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जेठ महिनाभित्र स्थानीय चुनाव सम्पन्न हुने बताए । अब सरकारले निर्वाचन आयोगसँग छलफल गरेर चुनावको मिति तोक्ने छ । निर्वाचन आयोग लगायत निकायबाट स्थानीय […] The post आगामी जेठ महिनाभित्रै स्थानीय चुनाव गर्ने सत्तारुढ गठबन्धनको निर्णय appeared first on राजधानी राष्ट्रिय दैनिक.

शेखर समूहको निष्कर्षः सत्ता गठबन्धन घातक बन्दै

काठमाडौं, १० माघ । नेपाली काँग्रेसको डा. शेखर कोइराला समूहले सत्ता गठबन्धन घातक बन्दै गएको निष्कर्ष निकालेको छ । आज भर्चुअल माध्यमले बसेको उक्त समूहको बैठकले गठबन्धन घातक बन्दै गएको निष्कर्ष निकालेको हो । बैठकमा सहभागी एक नेताका अनुसार स्थानीय चुनाव सार्न खोजेर घातक परिणाम ल्याउन लागिएको निष्कर्ष निकालिएको छ । चुनाव संविधान अनुसार समयमै […]

स्थानीय चुनाव वैशाखमै गर्न गठबन्धन सहमत

स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सत्ता गठबन्धनका नेताहरु सहमत भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा आसन्न स्थानीय तहको निर्वाचनको विषयमा छलफल भएको थियो।...

वैशाखमै स्थानीय चुनाव गर्न गठबन्धन सहमत

काठमाडौँ । सत्ता गठबन्धनद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बसेको बैठकमा स्थानीय निर्वाचनबारे छलफल भएको छ । बैठकमा सहभागी सबै दलका नेताहरू संविधानअनुसार समयमै स्थानीय चुनाव गर्नुपर्नेमा सहमत भएका छन् ।‘सबै दल संविधानअनुसार समयमै चुनाव गर्न सहमत भएको बुझियो । केही प्राविधिक विषय मिलाउन अर्को बैठक बिहीबार बस्ने निर्णय भएको छ,’ सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्ल