सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ खरिखोलाका पर्यटक पथप्रदर्शक फुछेतर शेर्पा गोरखाको लार्केपास क्षेत्रमा मृत भेटिएका छन् । ट्रेकिङ जाने क्रममा गोरखाको चुमनुब्री गाउँपालिक–१ लार्केपासमा पाँच दिनदेखि वेपत्ता ३८ वर्षीय शेर्पालाई मंगलबार बिहान फेला पारेको प्रहरीले जनाएको छ । शेर्पाको शव आज हेली एभरेष्टबाट उद्धार गरिएको हो । शव पोष्टमार्टका लागि काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जमा […]