नेकपा एमालेका नेता सुवास नेम्वाङले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समय नपुगी अप्ठ्यारो अवस्थामा जन्मेको बच्चा जस्तो भएको टिप्पणी गरेका छन् ।
एमालेको भातृ संगठन युवा संघले काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा नेम्वाङले भने, ‘गाउँघरमा सात महिना नपुगी बच्चा जन्मियो भने अप्ठ्यारो अवस्थामा जन्मियो भने यसको लक्षण त ठीक छैन भनिन्छ । सिन्को पनि भाँच्न नसक्ने अवस्थाको सरकार छ ।’
विज्ञहरूको लागि पनि उदेकलाग्दो सर्वोच्च अदालतको फैसलाबाट बनेको सरकार भएका कारण अहिलेसम्म मन्त्रिपरिषद् विस्तार हुन ...