काठमाण्डाै - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवास नेम्वाङले संसद पुन:स्थापना पछि सरकार झन् बलियो भएको बताउनुभएको छ । नेकपा ओली समूह निकट सिन्धुपाल्चोक–काठमाण्डाै सम्पर्क मञ्चले शनिवार काठमाण्डाैमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेम्वाङले संसद विघटन हुँदा काम चलाउ हुनुभएका प्रधानमन्त्री ओली पुन:स्थापनापछि दह्रो भएको बताउनुभएको हो । उहाँले प्रतिनिधिसभा विघटन भएपछि सरकारलाई काम चलाउ भन्नेहरुलाई अहिले सरकार दह्रो हुँदा अप्ठ्यारो परेको टिप्पणी समेत गर्नुभयो । प्रति...