ई–कमर्स उद्यमी, व्यवसायी एवं सरोकारवालाले राख्दै आएका प्रमुख माग सम्बोधन नगरीकनै राष्ट्रिय सभाले अनलाइन माध्यमबाट गरिने वस्तु तथा सेवा खरिद–बिक्रीलाई नियमन गर्न बनेको विधेयक पारित गरेको छ । माग सम्बोधन नगरी विधायन व्यवस्थापन समितिले तयार पारेको संशोधन प्रतिवेदन राष्ट्रिय सभाले पारित गरेको हो ।