राष्ट्रियसभाबाट विद्युतीय व्यापार विधेयक पारित

काठमाडौँ - राष्ट्रियसभाबाट ‘विधान व्यवस्थापन समितिको प्रतिवेदनसहित विद्युतीय व्यापार विधेयक, २०८०’ पारित भएको छ ।  सभाको आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले प्रस्तुत गरेको प्रस्तावलाई बैठकको सर्वसम्मत्तिले पारित गरेको हो ।

सम्बन्धित सामग्री

उद्यमीका सरोकार नसुनी राष्ट्रिय सभाबाट विद्युतीय व्यापार विधेयक पारित

ई–कमर्स उद्यमी, व्यवसायी एवं सरोकारवालाले राख्दै आएका प्रमुख माग सम्बोधन नगरीकनै राष्ट्रिय सभाले अनलाइन माध्यमबाट गरिने वस्तु तथा सेवा खरिद–बिक्रीलाई नियमन गर्न बनेको विधेयक पारित गरेको छ । माग सम्बोधन नगरी विधायन व्यवस्थापन समितिले तयार पारेको संशोधन प्रतिवेदन राष्ट्रिय सभाले पारित गरेको हो ।