काठमाडौं । चर्चित लोकरक ब्यान्ड नेपथ्य शनिबार इलामको करफोकमा गुञ्जिएको छ । पाँच हजार फिटको उचाइमा धुपी सल्लाले घेरिएको जंगलबीचको फराकिलो चौरमा बनाइएको स्टेजमा नेपथ्यले आफ्ना लोकप्रिय गीतहरुले दर्शकलाई मन्त्रमुग्ध बनायो । कन्सर्ट सुरु हुनु केही घण्टा अगाडिबाटै करफोक भएर जाने मेची राजमार्गमा चहलपहल सुरु भइसकेको थियो । तोकिएको समय अर्थात् बेलुकीको ठीक ६ बजे […]