नेपालको आर्थिक स्थायित्व र सरकारले थालेका विकास निर्माणका परियोजना कार्यान्वयन तथा कोभिड–१९ पछिको आर्थिक पुनरुत्थानमा सघाउन जापान सरकारले नेपाललाई रु १० अर्ब ४७ करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा आज अर्थसचिव मधुकुमार मरासिनी तथा नेपालका लागि जापानका राजदूत किकुटा युटाकाले हस्ताक्षर गरे । उनीहरुले अर्थमन्त्रालय र जापानी राजदूतावासमा सम्झौतामा हस्ताक्षर गरेका हुन् । हस्ताक्षरपछि सम्झौतापत्र आजै आदानप्रदान भएको थियो ।उक्त सहायताको उद्देश्य आर्थिक तथा वित