‘मदिरा आयात बन्देजले पर्यटनमा असर’

मदिराजन्य पदार्थहरूको आयात प्रतिबन्ध निर्णयले नेपालको पर्यटनमा असर पारिरहेको नेपाल मदिरा पैठारी संघले जनाएको छ । सरकारले कार, मदिरा, सुर्तीजन्य तथा अन्य विलासी वस्तुको आयातमा साउन १ देखि ४५ दिनका लागि प्रतिबन्ध लगाएको छ । यसबारे निर्णय सच्याउन माग गर्दै संघले विज्ञप्ति जारी गरेको हो ।

सम्बन्धित सामग्री

प्रतिबन्ध खुलेपछि बढ्यो मदिरा आयात, मासिक औसत २० करोडका दरले बाहिरिँदै

काठमाडौं । सरकारले विलासी वस्तुको आयातमा लगाएको प्रतिबन्ध खुला गरेसँगै मदिरा आयात एक्कासि बढेको छ । प्रतिबन्ध खुलेपछिका ४ महीनामा ४ लाख ६८ हजार ६ सय २६ लिटर मदिरा आयात भएको भन्सार विभागले जानकारी दिएको छ । उक्त परिमाणमा मदिरा आयात गर्दा ७९ करोड १७ लाख रुपैयाँ बाहिरिएको छ ।  सरकारले गतवर्ष वैशाख १३ गतेको राजपत्रमा सूचना प्रकाशित गरी मदिरालगायत १० विलासी वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि सरकारले आयातमा प्रतिबन्ध लगाएको हो । विदेशी मुद्रा सञ्चिति बढ्दै गएपछि गत पुसबाट आयात प्रतिबन्ध हटाइएको छ । प्रतिबन्ध हटेपछि पुसमा ८ करोड ३२ लाख रुपैयाँको ४० हजार ३ सय ४३ लिटर मदिरा आयात भएको छ । त्यसैगरी माघमा २८ करोड ४६ लाख रुपैयाँको १ करोड २१ लाख ९ सय ८० लिटर, फागुनमा १४ करोड २३ लाख रुपैयाँको ८५ लाख १ सय ५९ लिटर र चैतमा २८ करोड १६ लाख रुपैयाँको २ करोड २१ लाख १ सय ४३ लिटर मदिरा आयात भएको देखिन्छ ।  देशभित्रै पर्याप्त मात्रामा मदिरा उत्पादन भइरहेका बेला विदेशबाट छोटो समयमा ठूलो परिमाणमा आयात भएको घटनाले धेरैलाई चकित बनाएको छ । साथै स्वदेशी मदिरा छोडेर नेपालीहरू किन यति धेरै मात्रामा विदेशी प्रयोग गर्छन् त भन्ने प्रश्न पनि उठेको छ ।  स्वदेशी र विदेशी मदिराको मूल्यमा खासै फरक नहुँदा ग्राहकको प्राथमिकतामा विदेशी परेको हुनसक्ने स्वदेशी भोड्का ब्रान्ड ८८४८ का उत्पादक रवि केसी बताँउछन् । ‘नेपालमा मदिराका लागि आवश्यक कच्चा पदार्थ उत्पादन गर्न कानूनी उल्झनका कारण गाह्रो छ । त्यसमाथि सरकारले यसमा लाग्ने अन्तः शुल्कको दर बढाएको छ । यस्तोमा स्वदेशी र विदेशी मदिराको मूल्य उस्ता उस्तै पर्न जान्छ,’ उनले भने ।  मदिरा व्यवसायी केसीका अनुसार अहिले बढी परिमाणमा मदिरा आयात हुनुको कारण धेरै समयदेखि लागेको प्रतिबन्ध पनि हो । फेरि प्रतिबन्ध लाग्न सक्छ भन्ने संशयका कारण आयातकर्ताले व्यापक मात्रामा स्टक गरेको हुन सक्ने उनको भनाइ छ । तर, सरकारी अधिकारीहरू विदेशी मदिराको आयात बढ्नुमा गुणस्तर र ब्रान्डको महत्वपूर्ण भूमिका हुने बताउँछन् । स्वदेशी मदिराले गुणस्तरमा विदेशीसँग प्रतिस्पर्धा गर्न नसक्दा र ब्रान्ड पनि त्यो किसिमले स्थापित नभएको नहुँदा विदेशी मदिराको बजार बढ्ने अधिकारीहरूको तर्क छ ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहप्रवक्त उर्मिला केसी मदिराका लागि आवश्यक कच्चा पदार्थ उत्पादनमा कानूनी जटिलता रहेको विषयमा व्यवसायीले मन्त्रालयसँग छलफल नगरेको बताउँछिन् ।  ‘उद्योगी, व्यवसायीहरूले आपूmलाई परेका समस्याबारे मन्त्रालयमा निवेदन दिनुपर्‍यो । के कारणले समस्या परेको हो, सरकारबाट अपेक्षा के छ र समाधान कसरी हुनसक्छ भन्ने कुरा पनि उद्योगीहरूले खुलाउनुपर्‍यो,’ सहप्रवक्ता केसीले भनिन्, ‘उद्योगीहरूले आप्mना कुरा स्पष्ट रूपमा राखेपछि मन्त्रालयले त्यस विषयमा गहन तरीकाले विचार गर्छ । प्रतिस्पर्धी क्षमता बढाउन सम्भव सबै सहयोग पनि गर्छ ।’ कच्चा पदार्थ र मदिराको उत्पादन तथा बजार विस्तारका लागि अन्ततः उद्योगीहरूले नै बढी मेहनत गर्नुपर्ने सहप्रवक्ता केसीको भनाइ छ ।

खोटाङमा वार्षिक १५० करोडको मदिरा आयात

खोटाङ – खोटाङ उद्योग वाणिज्य संघले जिल्लामा वार्षिक १५ अर्बको आयात हुँदा २५ करोड बराबरको निर्यात हुने गरेको तथ्यांक सार्वजनिक गरेको छ। शनिबार आयोजित २५औं साधारणसभा तथा ११औं अधिवेशन उद्घाटन–सत्रमा वाणिज्य संघका अध्यक्ष उपिनकुमार राईले आयत र निर्यातबीचमा धेरै ठूलो खाडल रहेको तथ्यांक सार्वजनिक गरेका हुन्। बिदेसिएका युवाले वार्षिकरुपमा पठाउने १० अर्बले जिल्लाको अर्थतन्त्र चलायमान […]

चौतर्फी दबाबपछि महँगा आयात प्रतिबन्ध हट्यो

काठमाडौं । चौतर्फी दबाबपछि सरकारले महँगा सवारीसाधन, मोबाइल र मदिरा आयात प्रतिबन्ध हटाएको छ । बढ्दो आयात नियन्त्रण उपायका लागि भन्दै ८ महिनादेखि लगाउँदै आएको सवारीसाधन, महँगा मोबाइल, मदिरा र मोटरसाइकल आयात प्रतिबन्ध हटाउने निर्णय भएको हो । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले आगामी १ पुसदेखि लागू हुनेगरी यस्तो निर्णय गरेको छ । यसअघि, आयातमा प्रतिबन्ध […] The post चौतर्फी दबाबपछि महँगा आयात प्रतिबन्ध हट्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मदिरा आयात खोल्न प्रस्ताव गर्ने पर्यटनमन्त्रीविरुद्ध निर्वाचन आयोगमा उजुरी

४ कात्तिक, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई कारबाही माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । व्यापारीबाट प्रभावित भएर मन्त्री श्रेष्ठले प्रतिबन्धित मदिराको आयात निर्वाचन अघि नै खुलाउन लागि परेको भन्दै उपभोक्ता हित संरक्षण मञ्च नेपालले आयोगमा उजुरी दर्ता गराएको हो । निर्वाचनको संघारमा आफैं उम्मेदवार र मन्त्री जस्तो पदमा रहेको […]

मदिरा आयात प्रतिबन्ध खुलाउन पर्यटन मन्त्रालयमार्फत तीव्र लविङ

तीव्र लविङकाबीच पनि पटक-पटक मदिरा आयातको प्रतिबन्ध लम्बिएपछि मदिरा व्यवासायीहरू पर्यटन मन्त्रालयमार्फत आयात प्रतिबन्ध हटाउने लविङमा लागेका छन् ।

मदिरा आयात खुलाउन मन्त्रिपरिषद्‍मा पर्यटनमन्त्रीको प्रस्ताव

३ कात्तिक, काठमाडौं । प्रतिबन्धमा रहेको मदिराको आयात खुलाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले मन्त्रिपरिषद्‍मा प्रस्ताव लगेका छन् । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकमा व्यवसायीको माग र मुख्य पर्यटकीय सिजनमा यसबाट पर्ने असरबारे छलफल भएको मन्त्री श्रेष्ठले जानकारी दिए । ‘आजको बैठकमा मदिराको आयात लामो समय लम्ब्याउँदा पर्यटन क्षेत्रमा पर्ने असरबारे छलफल भयो, […]

दशैंमा किन खुलेन गाडी, मोटरसाइकल, फोन र मदिरा आयात ?

१४ भदौ, काठमाडौं । सरकारले पाँच महिना लामो प्रतिबन्धपछि ६ प्रकारका वस्तुको आयात प्रतिबन्ध मंगलबारबाट हटायो । कुुरकुरे, हिरा, सबै प्रकारका खेलौना, तास, चुरोट र सुर्तीजन्य वस्तु तथा ३२ इन्च भन्दा माथिका टिभी माथिको प्रतिबन्ध हट्दा प्रमुख चार प्रकारका विलासी वस्तुको आयात प्रतिबन्धलाई कायम रह्यो । दशैंअघि नै खोल्न तीब्र लबिइङ भएको मदिरा, ३०० डलरभन्दा […]

गाडी, मोटरसाइकल, मोबाइल र मदिरा आयात प्रतिबन्ध २८ असोजसम्म

१४ भदौ, काठमाडौं । सरकारले महँगा गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध २८ असोजसम्म थप गरेको छ । सरकारले १३ वैशाखमा राजपत्रमा सूचना निकालेर १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लगाएकामध्ये ६ वटा वस्तुको आयात प्रतिबन्ध हटाउँदै ४ वस्तुमा भने सरकारले प्रतिबन्ध याथावत राखको छ । उद्योग, वााणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा सोमबार […]

‘मदिरा आयात गर्न नदिँदा तस्करी बढ्यो, पर्यटन उद्योग प्रभावित’

काठमाडौं, साउन ११ । नेपाल पैठारीकर्ता संघले आयातित मदिराजन्य पदार्थहरुमा प्रतिबन्ध लगाउने सरकारको निर्णयले तस्करी बढ्ने बताएको छ। संघका अध्यक्ष अनिल अग्रवालले विदेशी मदिरा नेपालमा प्रतिबन्ध लगाउँदा नक्कली उत्पादन र खुल्ला नाकाबाट मदिरा भित्रिने बताएका हुन्। नेपाल सरकारले कार, मदिरा, सुर्तीजन्य तथा अन्य विलासी वस्तुको आयातमा लगाएको प्रतिबन्ध यही साउन १ गतेबाट ४५ दिनका लागि […]

प्रतिबन्ध लाग्दा पनि वर्षमा ३ अर्ब ७१ करोडको मदिरा आयात

९ साउन, काठमाडौं । साढे तीन महिनासम्म आयात प्रतिबन्धका लागेको आर्थिक वर्ष २०७८/०७९ (साउन २०७८-असार२०७९सम्म) मा ३ अर्ब ७१ करोड मूल्य बराबरको विदेशी मदिरा नेपाल भित्रिएको छ । यो आयात  गत वर्षको कुल मदिरा आयात भन्दा एक अर्ब ६ करोड ८ लाख रुपैयाँले बढी हो । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको अन्तर्राष्ट्रिय व्यापार […]