निर्वाचनमा पराजयपछि ताइवानकी राष्ट्रपतिले दिइन पार्टी अध्यक्षबाट राजीनामा

ताइपेय—ताइवानकी राष्ट्रपति साई इङ–वेनले शनिबारको स्थानीय चुनावमा पराजय भोगेपछि आफ्नो सत्तारुढ दलको अध्यक्ष पदबाट राजीनामा दिएकी छिन् । ‘चुनावको नतिजा सोचे जस्तो भएन । यसको सबै जिम्मेवारी मैले लिनुपर्छ र म तत्कालै डीपीपी अध्यक्ष पदबाट राजीनामा दिन्छु,’, उनले पत्रकारहरूलाई भनिन् ।  एक छोटो मन्तव्यमा उनले आफ्ना समर्थकहरुलाई धन्यवाद दिइन् ।वेन स्वशासित टापुको राष्ट्रपतिको रूपमा भने रहनेछिन् । साईले चुनावलाई ताइवानले कसरी आफ्नो लोकतन्त्रको रक्षा गर्छ भनेर विश्वले हेर

सम्बन्धित सामग्री

राजीनामा दिएलगत्तै पार्टी प्रवेश गर्न पुगेका झाविरुद्ध जब हुटिङ भयो....

मधेश प्रदेश सरकारका मुख्य न्यायाधीवक्ता दीपेन्द्र झा राजीनामा दिएलगत्तै सत्तारुढ जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै मुख्यन्यायाधिवक्ता झाले पदबाट राजीनामा दिएका थिए ।शनिबार महोत्तरीको सदरमुकामा जलेश्वरमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको हातबाट माला र टिका लगाएर उनी पार्टी प्रवेश गरेका छन् । तर झालाई पार्टी प्रवेश असहज र चुनौतीपूर्ण रहन सक्ने संकेत देखिएको छ । पार्टी प्रवेश गर्दागर्दै उनले जसपाका स

पार्टी पराजित भएको भन्दै एमाले उपसचिव दाहालले दिए पदबाट राजीनामा

दैलेख : नेपाल कम्युनिष्ट पार्टी एमाले दैलेखका उपसचिव गङ्गा राम दाहालले पदबाट राजीनामा दिएका छन्। बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी पराजित भएको भन्दै दाहालले पदबाट राजीनामा दिएका हुन्।उनले आज (सोमबार)एक विज्ञप्ति जारी गर्दै स्थानीय चुनावमा पार्टी पराजित भएको र त्यसको छानबिनमा अफ्ठेरो नहोस् भन्दै नैतिक हिसाबले पदबाट राजीनामा दिएको उल्लेख गरेका छन्। उपसचिव दाहाल दुल्लु नगरपालिकाका हुन्।दाहालले पार्टीभित्रकै अराजक र प्रणाली विरोधी झुण्डहरूले निर्वाचन हार्नुको कारण भन्दा पनि व्य

राप्रपा नेपालका उपाध्यक्ष पौड्यालले छाडे पार्टी (राजीनामा पत्रसहित)

राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौड्यालले पार्टी परित्याग गरेका छन् । अध्यक्ष कमल थापालाई सम्बोधन गर्दै उनले बुधबार राजीनामा पत्र बुझाएका हुन्।  पौड्याल उपाध्यक्ष, आर्थिक विभाग प्रमुखको पनि जिम्मेवारीमा थिए। उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन्।राप्रपा महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि कमल थापाले राप्रपा नेपाल ब्यूँताएपछि पौड्याल उक्त पार्टीको उपाध्यक्षमा मनोनीत भएका थिए । थापाले उनलाई गत १८ फागुनमा उपाध्यक्ष मनोनीत गरेका थिए। राप्रपा नेपालले स्थानीय निर्वाचनमा एमालेसँ

वामदेव गाैतमद्वारा पार्टीबाट राजीनामा !

काठमाण्डाै – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिनुभएको छ । उपाध्यक्ष गौतमले पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट राजीनामा दिनुभएको हो ।गौतमले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाउनुभएको छ । गौतमले आज दिउँसो पार्टी कार्यालयमै आएर राजीनामा पत्र बुझाउनुभएको तामाङले उज्यालोलाई जानकारी दिनुभयो ।  तत्कालीन नेकपामा विवाद आएपछि उपाध्यक्ष गौतमले पार्टी एकीकरण अभियान सुरु गर्नुभएको थियो । नेकपा विभाजन भएर पूर्ववत् एमाले र माओवादी केन्द्र पुनर्स्थापना...

वामदेव गौतमले एमाले त्यागे, पार्टी कार्यालय थापाथली पुगेर दिए राजीनामा

काठमाडौं, १८ भदौ । नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले एमालेको सबै पदबाट राजीनामा दिएका छन् । आज (शुक्रबार) पार्टी कार्यालय थापाथली पुगेर राजीनामा दिएको उनको सचिवालयले जनाएको छ । पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले पनि गौतमले राजीनामा दिएको जानकारी दिए । गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर राजीनामा पत्र लेखेका हुन् । […]

पार्टी एकतालाई ध्यानमा राखेर राजीनामा दिएको हुँ : मुख्यमन्त्री राई

विराटनगर : प्रदेश १ को मुख्यमन्त्री शेरधन राईले पार्टी एकतालाई ध्यानमा राखेर संसदीय दलको नेताबाट राजीनामा दिएको बताएका छन्। संसदीय दलको बैठकपछि उनले सञ्चारकर्मीहरूसँग भने, 'पार्टी विभाजनबाट रोकेर एमाले नेतृत्वको सरकारलाई सुरक्षित ढंगबाट अगाडि बढाउनुपर्छ।' एमालेको प्रभाव र बर्चस्वलाई कायम राख्नका लागि आफ्नै प्रस्तावमा भीम आचार्यलाई दलको नेता बनाइएको बताए । ‘पार्टी विभाजन, टुटफुटको अवस्था पार्टी एकतालाई ध्यानमा राखेर खास गरेर नेकपा एमालेको प्रभाव र यसको बर्चस्वलाई

पार्टी एकताको सन्देश दिन दलको नेताबाट राजीनामा दिएको हुँ : मुख्यमन्त्री पौडेल

बागमती प्रदेशका मुख्यमन्त्री पौडेलले पार्टी एकताको लागि सन्देश दिनका लागि आफूले संसदीय दलको नेताबाट राजीनामा दिएको बताएका छन् ।उनले पद र प्रतिष्ठा भन्दापनि पार्टी एकता जोगाउनु प्रमुख कुरा भएकाले आफूले राजीनामा दिएको प्रतिक्रिया दिए ।उनले बुधबार दिउँसो बसेको एमाले बागमती प्रदेशको संसदीय दलको बैठकमा दलको नेताबाट राजीनामा दिने घोषणा गरेका थिए ।‘यो कुनै नौलो कुरा हैन, नेकपा एमालेलाई एकतावद्ध ढंगबाट अगाडि बढाउन आफ्नो स्वइच्छाले राजीनामा दिएको हुँ । यसमा कसैको पनि दवाव छैन,’ उनले भने ।साढे

प्रधानमन्त्री ओलीलाई पौडेलको सुझाव : राजीनामा दिनुहोस्, पार्टी एकता जोगाउनुहोस्

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन र पार्टी एकता जोगाउन सुझाव दिनुभएको छ । शुक्रबारको प्रतिनिधि सभाको बैठकमा आफ्ना धारणा राख्दै नेतृ पौडेलले प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर राजनीतिक स्थिरता बनाउन सुझाव दिनुभएको हो । नेकपा विभाजन र संसद विघटन गर्ने कदमका मुख्य जिम्मेवार प्रधानमन्त्री ओली भएको उहाँको भनाई थियो । देश र जनताको बृहत्तर हितका लागि प्रधानमन्त्रीलाई राजीनामा दिन आग्रह गर्नुभयो । ‘नेकपा फुट र प्रतिनिधि सभा विघटन गर्ने काम गरेका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्छ। राजीनामा दिएर पनि नेकपाभित्रको फुट र संसद विघटन गर्ने काममा मुख्यरुपले प्रधानमन्त्री ओली नै जिम्मेवार हुनुहुन्छ भन्ने कुरा प्रष्टै छ’, पौडेलले भन्नुभयो, ‘त्यसैले देश र जनताको बृहत्तर हीत तथा राजनीतिक स्थिरताको लागि पनि उहाँले राजीनामा दिनुपर्छ।’ राजमो उपाध्यक्षसमेत रहेकी पैडेलले संसदमा अब अराजनीतिक सौदावाजी र सिद्धान्तहिन चलखेल बढेर जाने भन्दै राजीनामा दिएर पार्टी एकता बचाउन ओलीलाई सुझाव दिनुभयो । ‘राजीनामा दिएर पार्टी एकीकरण वा संयुक्त सरकारका लागि मार्ग प्रशस्त गर्नको लागि हामी अनुरोध गर्दछौं। त्यसो भएमा एउटा स्थीर सरकारको गठन पनि हुनसक्नेछ। अन्यथा संसदमा अराजनीतिक प्रकारको सौदावाजी वा सिद्धान्तहीन चलखेल बढेर जानेछ। र त्यसका दुरगामी दुस्परिणामहरु हुनेछन्। यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु’ पौडेलले भन्नुभयो । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीचको एकतालाई मान्यता नदिएपनि दुई पार्टी मिल्नुपर्ने उहाँले बताउनुभयो । यदि पार्टी मिल्नै नसकेको अवस्थामा संयुक्त मोर्चा बनाएर सरकार बनाउनुपर्ने उहाँको भनाई छ। ‘सर्वोच्च अदालतको फैसला अनुसार बेग्ला बेग्लै रुपमा अस्तित्वमा आएका नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीचको एकता नै हो भन्ने हाम्रो निष्कर्ष छ’ उहाँले भन्नुभयो, ‘तर, एमालेभित्र नै पनि विभाजन देखिन थालेको छ। हाम्रो विचारमा उनीहरुको बीचमा नयाँ प्रकारले पार्टी एकता हुनुपर्छ । वा त्यो सम्भव नभए दुवैतर्फको संयुक्त मोर्चा बनाएर भएपनि सरकारको सञ्चालन गर्नुपर्ने आवश्यकतामा हामीले जोड दिन्छौं ।’