नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले ब्याजदर बृद्धिले उद्योगी, व्यवसायी निकै मर्कामा परेको बताएका छन् । बैंक वित्तिय संस्थाले लिने स्प्रेड दर र कर्जा प्रवाह गर्दा बेस रेटमा उच्चतम ६ प्रतिशत प्रिमियम कायम हुँदा उद्योगी व्यवसायी निकै मर्कामा परेको अध्यक्ष मल्लले बताएका हुन् ।उद्योग व्यापार संगठन रुपन्देहीको १५ औं वार्षिक साधारणसभालाई उद्घाटन गर्दै अध्यक्ष मल्लले आकासिएको ब्याजदर नियन्त्रण नहुँदा सम्पुर्ण उद्योगी व्यवसायी मर्कामा पर्नुका साथै महङ्गीले जनतामा समेत असर गरेको बताए । क