म्याग्दी : निर्माणाधीन २५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाको सुरूङ खन्न सुरू गरिएको छ। दरबाङको कमेरेमा अडिट नम्बर १ को सुरूङ आइतवारदेखि खन्न सुरू गरिएको हो। नेपाली सेनाको निगरानी तथा व्यवस्थापनमा विष्फोटक पदार्थको प्रयोग गरी मुख्य सुरुङमा पुग्ने सहायक सुरूङ खन्न थालिएको निर्माण कम्पनी धौलागिरि हाइड्रो लिमिटिडले जनाएको छ।आयोजनका साइट इन्जिनियर बालकुमार रोकाका अनुसार २५० मिटर अडिट खनेपछि मुख्य सुरुङमा जोडिने र बाँध तथा पावरहाउस दुवैतर्फ सुरुङ निर्माण सुरु हुनेछ। उनले भने&s