गलेश्वर, २४ माघ: पश्चिम म्याग्दीको दरबाङमा निर्माणाधीन २५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत आयोजनाको सुरूङ खन्ने काम सुरु गर्नुपूर्व सुरुङको मुख्य प्रवेशद्वार अगाडि छलफल गर्दै आयोजनाका प्रतिनिधि तथा जनप्रतिनिधि ।-तस्वीर : ध्रुवसागर शर्मा-रासस
म्याग्दी-मालिका गाउँपालिका–६ दरबाङमा निर्माणाधीन २५ मेगावाट क्षमताको दरवाङ म्याग्दी खोला जलविद्युत आयोजनाको सुरूङ खन्ने काम सुरू भएको छ । नेपाली सेनाको निगरानी तथा व्यवस्थापनमा विष्फोटक पर्दाथको प्रयोग गरी मुख्य सुरुङमा पुग्ने कमेरेबाट अडिट नम्बर १ को सुरूङ खन्न सुरू गरिएको हो । सुरुङ निर्माणको सुरुवात मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले गरेका थिए ।आयोजनका साइट इन्जिनियर […]