विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको १४ औं महाधिवेशनको मिति तोक्नेबारे निर्णय गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सोमवार बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधवार दिउँसो बस्ने बैठकमा मुख्यतः पार्टीको महाधिवेशनको बारेमा छलफल हुने केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए ।
कांग्रेसले फागुन ७ देखि १० गतेका लागि महाधिवेशनको मिति तोके पनि कोरोना महामारीको कारण देखाएर टरेको हो ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आगामी जेठ महिनामा महाधिवेशन गर्नेगरी कार्यतालिका ल्य...