बाजुरा– अपाङ्गता भएका नागरिकलाई जिल्ला प्रशासन कार्यालय बाजुराले घरमै पुगेर नागरिकता प्रमाण पत्र वितरण गरेको छ । जिल्लाको बूढीनन्दा नगरपालिका–६ कोटिलाका ३३ वर्षीया खगिन्द्र भाटलाई बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले घरमै पुगेर नागरिकता प्रमाण पत्र वितरण गरेका हुन् । भारतको मुम्बईमा रोजगारी गर्दै आएका खगिन्द्र भाटलाई मुम्बईको बेलपुरामा सन् २०१८ मा रेल दुर्घटना हुँदा […]
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी कोषाध्यक्ष लीमा अधिकारीले नयाँ सरकार गठनका लागि चारजना नेताहरूले बिहीबार काठमाडौं गरेको छलफललाई नकारात्मक रुपमा नलिन आग्रह गरेकी छिन्। बिहीबार बेलुका काठमाडौंको एक होटलमा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह तथा उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र डीपी डीपी अर्यालबीच भएको छलफलमा महिला सहभागिताबारे आवाज उठेपछि उनले यस्तो प्रतिक्रिया दिएकी हुन् […]
परराष्ट्र मन्त्रालयले पश्चिम एसियाली देशहरुमा अवस्था सामान्य बन्दै गएको दाबी गरेको छ । मन्त्रालयले श्रम गन्तव्य मुलुकहरूमा अवस्था बिस्तारै सामान्य बन्दै गएसँगै श्रम स्वीकृतिसम्बन्धी कामहरुका लागि सम्पर्क गर्नेहरुको संख्या बढेको जनाएको छ । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सहसचिव रामकाजी खड्काले पश्चिम एसियाली श्रम मुलुकमा हालको अवस्था सामान्य बन्दै गएका कारण श्रम स्वीकृतिको विषयमा जानकारी […]
काठामाडौं- ‘तेस्रो आँखा साहित्यिक समूह’ले ‘रूपान्तरण राष्ट्रिय आख्यान पुरस्कार’ युवा साहित्यकार खगिन्द्रा खुशीलाई प्रदान गर्ने निर्णय गरेको छ। खुशीको उपन्यास ‘खुशीको गाउँ’ का लागि उक्त पुरस्कार दिने निर्णय भएको हो । सोसाइटीका अनुसार विभिन्न राष्ट्रिय पत्रिकामा आएका समालोचनाहरू, पुस्तकले उठाएका सामाजिक र सांस्कृतिक मुद्दा, आख्यानको बनोट र भाषागत विशिष्टता आदि आधारमा विज्ञको मूल्याङ्कनपछि ‘खुशीको गाउँ’ […]