दोलखाको मेलुङ गाउँपालिका-५ डाँडाखर्कमा हावाहुरीले दुई घरमा क्षति गरेको छ । बुधबार राति डाँडाखर्कका पूर्णबहादुर मगर र लालबहादुर थामीको घरमा क्षति भएको हो । हावाहुरीसहित आएको असिनापानीले मकैबालीमा पनि क्षति गरेको छ ।
बैतडी : जिल्लामा चट्याङ र हावाहुरीका कारण व्यापक क्षति पुगेको छ। जसका कारण ६ पशुचौपाया मरेका छन् भने एक विद्यालय र पाँच घरमा क्षति पुगेको छ।गएराति परेको चट्याङका कारण जिल्लाको मेलौली नगरपालिका ७ काडाका शंकरदत्त भट्ट र जयदेव भट्टको ३ बाख्रा मरेका हुन्।पन्चेश्वर गा.पा. वडा नं.५ रन्तोली स्थित जनक सिंह भण्डारीको घरको निजकै आगनमा परेको चट्याङले गोठमा रहेको एउटा गाई मरेको बैतडीका प्रहरी प्रवक्ता ,प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।चट्याङकै कारण दोगडाकेदार गा.पा. वड
डोटी - डोटीको बोगटान फुड्सिल गाउँपालिकामा आएको हावाहुरीले एक दर्जनभन्दा बढी घर तथा सार्वजनिक संरचनामा क्षति पुर्याएकाे छ।
हिजाे बेलुका आएको हावाहुरीले धेरै घरमा क्षति पुगेको बोगटान फुड्सिल गाउँपालिका–७ का वडाअध्यक्ष चन्द्रमान सुनारले जानकारी दिनुभयो।
हावाहुरीले घरको सिलेट खस्दा बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारा दाच्का बस्ने हिमाल कुडमालका तीन वर्षीय छोरा विजय कुडमाल गम्भीर घाइते भएका छन् । घरको आगनमा खेलिरहेका उनको टाउकोमा सिलेट खसेकाे थियाे।
घाइते विजय...
धादिङ – शुक्रवार दिउँसो पानीसहितको हुरीबतासले नीलकण्ठ नगरपालिका १४ धुवाकोट रिमालडीको ३० वटाभन्दा बढी घरमा क्षति पुगेकाे । पानीसहित हुरीबतास चल्दा केही घरकाे छाना उडाएकाे छ भने कुखुरा फर्म र टनेलमा पनि क्षति पुगेकाे छ ।
१२ घरमा बस्न नहुने अवस्था आएको र गोठ, कुखुरा फर्म लगायत गरी ३० वटाभन्दा बढी घरमा क्षति पुगेको नेपाल रेडक्रस सोसाइटी धादिङका सभापति नारायण तिमल्सिनाले जानकारी दिनुभयो । हावाहुरीले घरकाे छाना उडाएपछि केही परिवार छिमेकीकाे घरमा बस्ने अवस्था आएकाे छ ।&...
जाजरकोट - जाजरकोटमा हावाहुरीले ६ वटा घरमा क्षति पुर्याएकाे छ । गएराति चलेको हावाहुरीले भेरी नगरपालिका–३ मा ६ वटा घरमा क्षति पुर्याएको हो ।
स्थानीय बासिन्दाका घर तथा पालिका चुनावका लागि स्थापना गरिएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा समेत क्षति पुगेको प्रमुख निर्वाचन अधिकृत यज्ञराज आचार्यले जानकारी दिनु भयो।
उहाँका अनुसार भवनको छानोमा क्षति पुगेपछि काम गर्न असहज भएको छ ।
धनगढी– कैलालीको कमैया बस्तीमा आगलागी भएको छ । प्रहरीका अनुसार आइतबार दिउँसो भएको आगलागीका कारण कम्तिमा ७२ घर जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलारी गाउँपालिका– ७ स्थित विपतपुर मुक्तकमैया बस्तीमा आगलागी भएको हो । गहुँको नल जलाउन खेतमा लगाएको आगो हावाहुरीले उडाएर बस्तीमा पुर्याएपछि आगलागी सुरु भएको जिल्ला […]
धनकुटा : धनकुटामा हावाहुरीले १८ लाख रूपैयाँ बराबरको क्षति भएको छ। जिल्ला प्रशासन कार्यालय धनकुटाका अनुसार आइतबार दिउँसो आएको हावाहुरीले धनकुटा नगरपालिका-८ सान्ताङका ११ घरमा क्षति हुँदा १७ लाख १५ हजार रूपैयाँ बराबरको क्षति भएको छ। क्षति पुगेका सबै घरका छाना उडाएको धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठले जानकारी दिए।चौबिसे गाउँपालिकाको मौनाबुधुकमा ३ वटा कृषि फर्ममा क्षति हुँदा २८ हजार रूपैयाँ बराबरको क्षति भएको सहायक प्रजिअ श्रेष्ठले जानकारी दिए। क्षतिको विवरण संकलन गर्न
धनकुटा : धनकुटामा हावाहुरीले ५ घरधुरीमा क्षति पुर्याएकाे छ।जिल्ला प्रशासन कार्यालय धनकुटाका अनुसार आइतबार दिउँसो आएको हावाहुरीले धनकुटा नगरपालिका ८ सान्ताङ र वडा नं. ९ का घरहरुमा क्षति पुगेको हाे।क्षति पुगेका घरहरु पूर्ण क्षति भएका छन्, भने बाँकीको विवरण संकलन भइरहेको छ।क्षतिको पूरा विवरण आइनसके पनि उद्धारमा जुट्न सबै सरोकारवाला निकायलाई निर्देशन दिइसकिएको सहायक प्रमुख जिल्ला अधिकारी राम नारायण श्रेष्ठले जानकारी दिए।उनले घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरीको टोली खटाइएको समेत
आज साँझ आएको भीषण हावाहुरीसहितको वर्षाले तनहुँको बन्दीपुर गाउँपालिका–५ कल्चोकस्थित जलदेवी प्राथमिक विद्यालयको छानो उडाएको छ । दिउँसो ४ बजेतिर आएको हावाहुरीसहितको वर्षाले विद्यालयको छानो उडाउनुका साथै सोही वडाका एक महिलाको घरमा क्षति पुगेको हो । हावाहुरीले विद्यालयको एउटा कक्षाको छानो उडाएको वडा सदस्य एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन पाटाले जानकारी दिए । उनका अनुसार छानो उडाएपछि उक्त कक्षाका विद्यार्थीलाई अर्को कक्षामा राखेर पढाइने र छानो फेर्ने काम गरिनेछ । हावाह
अर्घाखाँची : हावाहुरीका कारण अर्घाखाँचीमा दुई दर्जनभन्दा बढी घरमा क्षति पुगेको छ ।
आइतबार राति आएको हावाहुरीले जिल्लाका ६ वटै स्थानीय तहका दुई दर्जनभन्दा बढी घरमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। हावाहुरीले छत्रदेव गाउँपालिकामा मात्र एक दर्जनभन्दा बढी घरको छानो उडाएको छ।
सोमबार बि...
कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा हावाहुरीले व्यापक क्षति पु¥याएको छ। मंगलवार राति आएको हावाहुरीले ३०० बढी घरमा क्षति पुर्याएको छ।
काठको कच्चि घरमा लगाइएका टायल उडाएर हावाहुरीले क्षति गरेको छ। हावाहुरीले आधा दर्जनभन्दा बढी घरमाथि रुख ढाल्दा घरमा पूर्ण रुपमा क्षति पुगेको छ।
शुक्लाफाँट...