काठमाण्डाै – कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले आउँदो आर्थिक वर्षको बजेटले कृषि उत्पादन र निर्यातको क्षेत्रमा महत्वपूर्ण योगदान दिने बताउनुभएको छ ।
काठमाण्डौमा भएको एक कार्यक्रममा मन्त्री यादवले कृषि नेपालको मेरुदण्ड भएको उल्लेख गर्दै यो क्षेत्रलाई सुधारेर मात्रै आर्थिक विकास सम्भव भएको बताउनुभयो । अहिले कृषि उत्पादनकै आयात डरलाग्दो भएको भन्दै उहाँले एक वर्षमा उत्पादन बढाएर कृषि क्षेत्रमा आत्मनिर्भरताको प्रयास गर्ने र बिस्तारै निर्यातको बाटो लिने बताउनुभयो ।
उहाँले नेपालमा...