काठमाडौँमा आज यस वर्षकै बढी जाडो

काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ५.४ डिग्री मापन गरिएको छ । हिजो शुक्रबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री मापन गरिएको थियो । तापक्रम घटेसँगै देशभर चिसो बढ्दै गएको छ । जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै देशभर चिसो बढ्ने क्रममा रहेकाले आवश्यक सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको छ । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री र अधिकतम तापक्रम २०.७ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम तापक्रम जुम्लाको छ । जुम्लाको न्यूनतम तापक्रम आज माइनस ४.७ डिग्री र सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम ३० दशमलव चार डिग्री सेल्सियस रहेको छ । 

सम्बन्धित सामग्री

मधेसमा शीतलहर : यो वर्षकै बढी चिसो, जनजीवन प्रभावित

पछिल्लो केही दिनदेखि चलेको शीतलहरसँगै आज मधेसमा यो वर्षकै सबैभन्दा बढी चिसो अनुभव भएको छ । शीतलहर चिसोका कारण मधेसको जनजीवन प्रभावित बनेको छ ।सोमबार बिहानैदेखि चलेको चिसो हावाको कारण घर बाहिर निस्किन समेत कठिनाइ भएको छ । अत्यधिक चिसोले घर बाहिर रहेका मानिसको हातखुट्टा कठ्याङ्ग्रिएर हिँडडुल गर्न समेत समस्या भैरहेको स्थानीयहरुले बताएका छन् । सोमबार यो वर्षकै सबभन्दा बढी जाडो भएको मौसम पूर्वानुमान कार्यालय सिमराले मापन गरेको छ ।कार्यालय प्रमुख केशवराज खरेलका अनुसार आज बिहानको न्युनतम तापक्रम ६