भदौ ३, काठमाडौं । बिहीवार बजार खुलेको करीब एक घण्टाको अवधिमा कारोबारमा आएका २०८ ओटा कम्पनीमध्ये अरुण काबेली पावरको सर्वाधिक शेयर खरीदविक्री भएको छ ।
यस अवधिमा कम्पनीको रू. ५४ करोड ४५ लाख ७६ हजार बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ८५२ मा कारोबार भइरहेको छ । कमपनीले बोनस शेयर र हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेसँगै लगानीकर्ताको आकर्षण बढी भएकाले सर्वाधिक शेयर कारोबार भएका हो ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त बोनस शेयर वितरण पछि कायम हुने चुक्तापूँजीको सत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारितका लागि कम्पनीले भदौ २६ गते साधारण सभा बोलाएको छ ।