साउन ५, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको करीब एक घण्टामा अरुण काबेली पावर लिमिटेडको सर्वाधिक शेयर खरीदविक्री भएको छ ।
सो अवधिमा कम्पनीको रू. ९ करोड ६० लाख ७० हजार बराबरको शेयर खरीदविक्री भएको हो ।
कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५२९ मा कारोबार भइरहेको छ । यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० रुपैयाँले वृद्धि भएको हो ।