काठमाडौं : देशभरि पछिल्लो समय ९ हजार ४ सय २४ जनाको कोरोना परीक्षण गर्दा ४ सय ७६ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ।योसँगै अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय २८ जना पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै, २४ घण्टाभित्र ८ सय ३१ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ।मन्त्रालयको तथ्यांकअनुसार हाल देशभर १० हजार ७ सय ४७ जना सक्रिय संक्रमित छन्।