मानव अधिकार तथा शान्ति समाजले दलित समुदायका विपन्न परिवारका ३७ जना बालिकालाई छात्रवृत्ति प्रदान गरेको छ । मोरङ जिल्लाको थलाहामा मंगलबार आयोजित कार्यक्रममा कटहरी गाउँपालिका, थलाहास्थित जनता माविका २९ जना र धनपालथान गाउँपालिका दादर वैरियाको सरस्वती माविका आठ जना गरी ३७ जना बालिकालाई छात्रवृत्ति प्रदान गरिएको समाजले जनाएको छ ।६ कक्षामा अध्यनरत ती प्रत्येक बालिकालाई १२ हजारका दरले ४ लाख ४४ हजारको छात्रवृत्ति प्रदान गरिएको हो । ‘छोरी पढाऔ ः गरिमा बढाऔँ’ भन्ने आह्वानसहित मानव अधिकार तथा शा