काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेललाइ कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। उनलाई बुधबार कोरोना पुष्टि भएको मन्त्रालय स्रोतले जनाएको छ।
सचिव पोखरेल अहिले होम आइसोलेशनमा बसिरहेको बताइएको छ। सचिवसँगै मन्त्रालयका प्रायः सबै कर्मचारीलाई कारेरोना संक्रमण भएको छ।