काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य दीनानाथ शर्माले नेकपा (एकीकृत समाजवादी) को मन्त्री फिर्ता गर्ने निर्णय अपरिपक्व भएको बताउनुभएको छ ।
आज मङ्गलवार काठमाण्डाैमा भएको एक कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य शर्माले यस्तो बताउनुभएको हो । उहाँले ४/५ महिनामा कुनै पनि मन्त्रीले कामको परिणाम दिन नसक्ने भन्दै एउटा निश्चित अवधि काम गर्न पाउने अधिकार मन्त्रीलाई दिनुपर्ने बताउनुभयो ।
शर्माले भन्नुभयो, ‘अहिलेको राष्ट्रिय राजनीतिमा मन्त्रीहरू फिर्ता बोलाउने, नयाँ मन्त्री पठाउने तरङ्ग छ । ...