हिजो झगडा गर्‍यौँ, अब मिलेर जान्छौँः दीनानाथ शर्मा

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का नेता दीनानाथ शर्माले अब एमाले–माओवादी मिलेर सरकार चलाउने बताएका छन्। मंगलबार काठमाडौँमा एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता शर्माले विगतमा फुट आए पनि अब मिलेर अघि बढ्ने गरी जनादेश आएकाले सोहीअनुसार आफूहरु अघि बढनुपर्ने अवस्था रहेको बताए। उनले भने, ‘हामी फुट्यौँ, झगडा पनि गर्‍यौँ। अब मिलेर जान्छौँ। मिल्छौँ। विगतको आत्मसमीक्षा […]

सम्बन्धित सामग्री

कांग्रेसको व्यवहारले नयाँ गठबन्धन बन्योः दीनानाथ शर्मा

म्याग्दी – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश इञ्चार्ज तथा केन्द्रीय सचिव दीनानाथ शर्माले नेपाली कांग्रेसको व्यवहारले नेपालका वामपन्थी र नयाँ राजनीतिक शक्तिबीच सहकार्यको परिस्थिति सृजना भएको बताएका छन्। म्याग्दीको बेनीमा आज नेकपा (माओवादी केन्द्र) का जिल्ला तथा प्रदेश तहका नेताहरुसँगको भेटघाटका क्रममा नेता शर्माले माओवादीको नेतृत्वमा वामपन्थी राजनीतिक शक्तिको सहकार्यलाई दीर्घकालीन बनाउनु राष्ट्रिय […]

शिक्षा र स्वास्थ्यको क्षेत्रमा अझै संघीयता लागू हुन सकेन : दीनानाथ शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता दीनानाथ शर्माले शिक्षा र स्वास्थ्यको क्षेत्रमा अझै संघीयता लागू हुन नसकेको बताउनुभयो । उहाँले २०२८ सालको शिक्षा ऐनले २०७८ सालमा नेतृत्व गर्न नसक्ने भन्दै गुणात्मक रुपमा, नीतिगत रुपमा शिक्षा ऐन नभएसम्म देशको विकास हुन नसक्ने बताउनुभयो । नेता शर्माले अहिलेका शिक्षामन्त्री देवेन्द्र पौडेल र मन्त्रालय नयाँ ऐन बनाएर […]

माओवादी केन्द्र कसैको बुई चढेर आएको होइनः दीनानाथ शर्मा

काठमाडौं, १ चैत । नेकपा (माओवादी केन्द्र) का नेता दीनानाथ शर्माले आफ्नै बलबुतामा चुनाव लड्ने तागत पार्टीसँग रहेको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता शर्माले भने, “माओवादी केन्द्र कसैको बुई चढेर राजनीतिमा आएको हैन, बरु माओवादीको बुई चढेर अरु आकाशमा पुगेका छन् […]

नेकपा विभाजन हुँदा मेरो मुटु फुटेको अनुभव भएको छ : दीनानाथ शर्मा

काठमाडौं । राष्ट्रिय सभाका नेकपा संसदीय दलका नेता दीनानाथ शर्माले नेकपा विभाजन हुँदा आफ्नो मुटु फुटेको अनुभव भएको बताएका छन् । शुक्रबार सुरु भएको राष्ट्रिय सभाको सातौँ अधिवेशनमा दलका तर्फबाट मन्तव्य राख्दै शर्माले सो कुरा बताएका हुन् । उनले पार्टी एकता हुँदा आफू र नेपाली जनता पनि खुसी भएको भन्दै आज पार्टी फुट्दा वा फुटको संघारमा पुग्दा मुटु फुटेको अनुभव भएको बताए । उनले पार्टीको आन्तरिक अन्तरविरोधका कारण प्रतिनिधि सभा सहिद बन्न पुगेको बताए ।  ‘दलको अन्तरविरोध प्रतिनिधि सभामा पर्नु राम