काठमाण्डाै – आज शुक्रवार भएकाे दोस्रो खेलमा साविक विजेता मच्छिन्द्र क्लब र सङ्कटा क्लबले गाेलरहित बराबरी खेलेका छन् । बराबरीपछि मच्छिन्द्रलाई एक कम खेलेको मनाङसँग तीन अङ्कको अग्रता बनाउने अवसर गुमेको छ ।
बराबरीसँगै शीर्ष स्थानको मच्छिन्द्रले तालिकामा ११ अङ्क जोडेको छ । र दोस्रो स्थानको मनाङसँग एक अङ्कको अग्रता लिएको छ । यस्तै सङ्कटा नाै अङ्क जोड्दै शीर्ष चारमा उक्लिएको छ ।
लिगमा भोलि शनिवार तीन खेल हुँदैछ । काठमाण्डाैमा दुई खेल हुनेछ भने पोखरामा मनाङले विभागीय टोली नेपाल पुलिस क्लबलाई आतिथ्यता गर्दैछ । दशरथ र...