काठमाडौँ, १६ चैत । राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ नागार्जुन नगरपालिका–७ रामकोट घर भई काठमाडौँ कीर्तिपुर नगरपालिका–२ बस्ने २७ वर्षीय किशोर गिरी, धादिङ धुनिबेँसी नगरपालिका–७ घर भई भक्तपुर सल्लाघारी बस्ने २७ वर्षीय प्रवीन गिरी र काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–२ घर भई भक्तपुरको भक्तपुर नगरपालिका–६ […]
४ कात्तिक, काठमाडौं । दशैंको बेला घर फर्किनेहरुको लर्को लागेको छ । नयाँबसपार्क, कलंकी, कोटेश्वर, बालाजु, बल्खुलगायत क्षेत्रमा गाउँ फर्किनेहरुको हतारो देखिन्छ । कोही गाडी रिजर्भ गरेर त कोही सार्वजनिक यातायातको टिकट काटेर घरको यात्रामा छन् । कोही भने अझैं सवारी साधनको खोजीमै छन् । सबैमा दशैंको उल्लास छ तर यात्रा सकस होला कि भन्ने […]
केपटाउन । विश्व क्रिकेट जगतका दिग्गज एवं चर्चित एम्पायर रुडी कर्टजनको गाडी दूर्घटनामा मृत्यु भएको छ । दक्षिण अफ्रिकाको केपटाउनबाट घर फर्किरहेका बेला उनि सवार गाडी दूर्घटनामा परेको थियो । दक्षिण अफ्रिकी ७३ वर्षीय रुडी कर्टजनसहित तीनजना गाडीमा सवार रहेको र तीनै जनाको मृत्यु भएको त्यहाँका संचारमाध्यमहरुले जनाएका छन् । कुनैपनि ब्याटर आउट हुँदा बिस्तारै […]
The post चर्चित एम्पायरको गाडी दूर्घटनामा मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
रुपन्देही – गाडी किनेको पैसा दिने बहानामा फकाइफुलाइ अर्घाखाँची पुर्याएर जिल्लाका एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन् । बुटवलको मैनाबगरमा गाडी किनबेचको काम गर्दै आएका दीपक भनिने कुलचन्द्र गौतमले गाडी चालक आफ्नै साथी विष्णुबहादुर पाण्डेको योजनाबद्ध हत्या गरेका हुन् । अर्घाखाँचीको मालारानी गाउँपालिका–२ घर भई हाल रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बेलवास बस्ने ४४ वर्षीय पाण्डेको […]
जिल्ला समन्वय समिति बैतडीले प्रदेश र संघीय सरकारसँग आवतजावतको लागि गाडी उपलब्ध गराई पाउँ भनि अनुरोध गर्ने निर्णय गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्र धामीको अध्यक्षतामा आइतबार बसेको पहिलो बैठकले यस्तो निर्णय भएको हो ।समन्वय समितिको कार्यालयमा उपलब्ध सवारी साधनहरू बिग्रन लागेको र कामकाजका लागि समस्या भइरहेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको जिल्ला समन्वय समितिका सदस्
दमौली, २४ फागुन । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ अम्रेनीमा मध्यरातमा गाडी रोकेर तोडफोड गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास –५ स्थायी घर भई व्यास–४ बस्ने २२ वर्षीय अभिषेक श्रेष्ठ, हेटौँडा उपमहानगरपालिका–३ स्थायी घर भई हाल व्यास–३ का १८ वर्षीय अन्जन पुलामी र व्यास –५ का २२ वर्षीय रोशनकुमार श्रेष्ठ रहेको जिल्ला […]
धनगढी : सुदूरपश्चिम प्रदेशसभाका सचिव रामसिंह धामीले सरकारी गाडीमा रजाइँ गरेको पाइएको छ। सचिव धामीले सरकारी गाडी श्रीमतीलाई सिकाउन लगेको पाइएको हो। सचिव धामीले दशैँ बिदाको समयमा महेन्द्रनगर घर गाडी लगेका थिए। उनले श्रीमतीलाई गाडी सिकाउँदा उक्त गाडी ठोक्किएर बिग्रियो। गाडी बिग्रेपछि मर्मतका लागि १ लाख १६ हजार सरकारी रकम खर्च भएको छ। बिदाको समयमा श्रीमतीलाई गाडी सिकाउँदा गाडी ठोक्किएर मर्मत गर्नुपरेको स्रोतले जनाएको छ। प्रदेश सभाका उपसचिवले चढ्ने से १ झ २९८ नम्बरको गाडी प्रदेश सचिव धामीले
काठमाडौँ । नेपाली सेनाले दशैँ विदामा घर जाने सैनिक र परिवारलाई घर घर पुराउन थालेको छ। दशैंमा सवारी चाप हुने भएकाले जङ्गी अड्डाले दशैँमा घर जाने सैनीक र परिवारलाई निशुल्क गाडी र हवाइ सेवाको व्यवस्था गरेको हो । असोज १८ गतेदेखि असोज ३० गतेसम्म सबै दर्जाका सैनिक कर्मचारी र उनीहरुको परिवारलाई बस तथा हवाइ यातायातबाट […]
दसैँमा शहरबाट कसरी घर फर्कने भन्ने सर्वसाधारणमा चिन्ता हुन्छ । तर नेपाल सेनाले भने आफ्ना सैनिक र तिनमा आश्रित परिवारजनलाई दसैँमा घर जानका लागि नि:शुल्क गाडी र हेलिकोप्टरबाट सेवा गर्ने घोषणा गरेको छ ।सेनाको कल्याणकारी सुविधाअन्तर्गत घर बिदामा जाने बहालवाला सैनिक र उनीहरुका परिवारलाई सो सुविधा दिइएको हो । प्रधान सेनापति प्रभुराम शर्माले आफ्नो पद बहालीसँगै सकल दर्जा र आश्रित परिवारलाई कल्याणकारी सुविधा थप गर्ने घोषणा गरेका थिए ।नेपाली सेनाले दसैँमा आफ्नो गाउँ फर्कन चाहने सैनिकका आश्रित परिवारलाई बस
‘राजनीतिमा संलग्न व्यक्तिले छाटो अबधिमै शहर बजारमा घर घडेरी किन्ने तथा गाडी चढ्छ’ भन्ने सर्वसाधारणको बुझाइ छ । तर पार्टीमा लामो समयदेखि क्रियाशील व्यक्तिले ठेला रिक्सा चलाएर जीविका चलाइरहेका छन् । शुक्लाफाँटा नगरपालिका– ११ दीपनगरका ५२ वर्षीय जनक कुँवरले परिवारको खर्च चलाउन एक दशकदेखि ठेला रिक्सा चलाउँदै आउनुभएको छ । उहाँ राष्ट्रिय जनमोर्चाको सुदूरपश्चिम प्रदेश …