प्रदेशसभाको गाडी सचिवकी पत्नीले ठोक्काइन्‚ १ लाख १६ हजार मर्मत खर्च

धनगढी : सुदूरपश्चिम प्रदेशसभाका सचिव रामसिंह धामीले सरकारी गाडीमा रजाइँ गरेको पाइएको छ। सचिव धामीले सरकारी गाडी श्रीमतीलाई सिकाउन लगेको पाइएको हो। सचिव धामीले दशैँ बिदाको समयमा महेन्द्रनगर घर गाडी लगेका थिए। उनले श्रीमतीलाई गाडी सिकाउँदा उक्त गाडी ठोक्किएर बिग्रियो। गाडी बिग्रेपछि मर्मतका लागि १ लाख १६ हजार सरकारी रकम खर्च भएको छ। बिदाको समयमा श्रीमतीलाई गाडी सिकाउँदा गाडी ठोक्किएर मर्मत गर्नुपरेको स्रोतले जनाएको छ। प्रदेश सभाका उपसचिवले चढ्ने से १ झ २९८ नम्बरको गाडी प्रदेश सचिव धामीले