३० असार, काठमाडौं । ओपनर कुशल भुर्तेलको शतक तथा हेमन्त धामी र आरिफ शेखको शानदार बलिङ मद्दतमा नेपालले जर्सीविरुद्धको पहिलो अभ्यास एकदिवसीय खेलमा जित हासिल गरेको छ ।
सोमबार राति ग्रानिभलमा सम्पन्न खेलमा नेपालले जर्सीमाथि ८१ …
प्रेस सेन्टर नेपालले काठमाडौंका विभिन्न सञ्चारगृहको प्रवेशद्वारमा शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरी पत्रकार तथा सञ्चारकर्मीको नियमित कार्यसम्पादनमा अवरोध र त्रास सिर्जना गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। प्रेस सेन्टर नेपालका महासचिव मनोत घर्तीमगरद्वारा जारी विज्ञप्तिमा आज बिहानदेखि काठमाडौंका केही प्रमुख सञ्चारगृहको कार्यालय परिसरमा शंकास्पद सवारीसाधन राखेर पत्रकार तथा कर्मचारीको आवतजावतमा बाधा पुर्याइएको र त्रासपूर्ण वातावरण […]
नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले अखाडा एकेडेमीसँगको सहकार्यमा ‘हुन्डाई नेक्स्ट जेन कप’ सफलतापूर्वक सम्पन्न गरेको छ। यू–१६ स्तरको उक्त प्रतियोगिता ग्रासरुट फुटबल विकास र भावी खेलाडीलाई अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको कम्पनीले जनाएको छ। ललितपुरस्थित च्यासल मैदानमा आयोजित एकदिने प्रतियोगितामा आठ टोलीका ८० युवा खेलाडी सहभागी भएका थिए। फिफा विश्वकप २०२६ […]
सिटी एक्सप्रेस मनि ट्रान्सफरले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ। असार २७ गते १९ वर्ष पूरा गरी २०औँ वर्षमा प्रवेश गरेको कम्पनीले काठमाडौंको कमलादीस्थित केन्द्रीय कार्यालय परिसरमा “रक्तदान जीवनदान, हामी सबैको योगदान” भन्ने मूल नारासहित रक्तदान कार्यक्रम सम्पन्न गरेको हो। कम्पनीका अनुसार कार्यक्रममा कर्मचारी तथा विभिन्न क्षेत्रका सहभागीहरूको […]