२०औँ वार्षिकोत्सवमा सिटी एक्सप्रेसद्वारा रक्तदान कार्यक्रम, उत्कृष्ट कर्मचारी सम्मानित

सिटी एक्सप्रेस मनि ट्रान्सफरले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ। असार २७ गते १९ वर्ष पूरा गरी २०औँ वर्षमा प्रवेश गरेको कम्पनीले काठमाडौंको कमलादीस्थित केन्द्रीय कार्यालय परिसरमा “रक्तदान जीवनदान, हामी सबैको योगदान” भन्ने मूल नारासहित रक्तदान कार्यक्रम सम्पन्न गरेको हो। कम्पनीका अनुसार कार्यक्रममा कर्मचारी तथा विभिन्न क्षेत्रका सहभागीहरूको […]