धनगढी : केन्द्रमा सबैभन्दा ठूलो दल नेकपा एमाले फुटेपछि केन्द्रदेखि प्रदेश र स्थानीय तहसम्मकै राजनीतिमा तरंग आएको छ। नेकपा एमाले फुटेपछि एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी गठन गरे।अहिले माधव नेपालको नेकपा एकीकृत समाजवादीले नेता कार्यकर्ता तान्न भरपुर प्रयास गरिरहेको छ। यस्तै, अर्कातिर एमालेलाई पनि पुरानो शक्ति जोगाइराख्न चुनौती छ।एमाले र समाजवादीबीचको तानातानमा अहिले स्थानीय तहका जनप्रतिनिधि र प्रदेश सांसदहरु पनि परेका छन्। यही तानातानमा सुदूरपश्चिमकी एक सांसद पन