झापाको भद्रपुर नगरपालिका–२ स्थित महाभारतकालीन ऐतिहासिकस्थल किचकबध पूर्वाधार विकासको पर्खाइमा छ । नेपालकै उत्कृष्ट पर्यटकीयस्थलमध्ये एक बन्नसक्ने पर्याप्त सम्भावना बोकेको किचकबध यतिबेला पूर्वाधार विकासको पर्खाइमा रहेको हो । किचकबध महाभारतकालीन कथासँग जोडिएको छ । यस क्षेत्रमा दुई हजार वर्षभन्दा पहिलेको दरबार, किल्ला, पर्खाल, भाँडाकुँडा र इँटा पुरातत्व विभागको उत्खननबाट फेला परिसकेको छ । विसं २०५९ …