बिहिबार मकवानपुरको भीमफेदी र रुकुमपूर्वमा सवारी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने दुबै ठाउँमा गरेर दर्जनौं यात्रु घाइते भएका छन् । समाचार अनुसार मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा दिउँसो सवारी दुर्घटना हुँदा त्यसमा परेर सात जनाको मृत्यु भएको छ । काठमाडौँबाट हेटौँडा आउँदै गरेको बा३ख ७८५८ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा …
मधेस प्रदेशमा गत आर्थिक वर्षमा सवारी दुर्घटना तथा विपद् जोखिमको घटनामा परी १ हजार ७५ जनाको मृत्यु भएको छ । मधेस प्रदेश प्रहरी कार्यालयले जनाए अनुसार सवारी दुर्घटनामा परेर ५८५ जना र विपद्का घटनामा परेर ४९० जनाको मृत्यु भएको छ ।त्यस्तै गत आर्थिक वर्षमा मधेस प्रदेशमा ५ हजार ७ सय ११ सवारी दुर्घटना भएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ । जस अनुसार ४४८ पुरुष, ८१ महिला, ४२ बालक र १४ जना बालिका गरी ५८५ जनाको मृत्यु भएको छ ।त्यसैगरी विभिन्न सवारी दुर्घटनामा परी ९ हजार ४ सय ६४ जना घाइते भएका छन
कर्णालीमा सडक सवारी असुरक्षा र दुर्घटना बढ्दै गएको पाइएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७८/७९ मा अघिल्ला वर्षभन्दा ४३ प्रतिशत बढी सवारी दुर्घटना भएको जनाएको छ । उक्त आवमा ४०२ सवारी दुर्घटना भएका थिए । आव २०७६/७७ मा २३६, २०७७/७८ मा २९१ सवारी दुर्घटना भएका थिए । पछिल्ला तीन आर्थिक वर्षमा मात्रै सवारी दुर्घटनामा परी ३९२ जनाको मृत्यु भएको छ । प्रदेश ट्राफिक प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले दुई वर्ष कोरोना रोकथामका लागि ‘लकडाउन&
रुपन्देहीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ दश नम्बर चोकमा भएको सवारी दुर्घटनामा ५० वर्षीय तुलसी पाठकको मृत्यु भएको हो ।लु ७९ प ५४९१ नम्बरको स्कुटर पल्टिदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु भएको जनाएको छ ।
काठमाडाैँ- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। चितवनमा बुधबार बिहान तथा धनकुटा र सप्तरीमा गएराति सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको हाे। चितवनको इच्छाकामाना गाउँपालिका-४ पृथ्वी राजमार्गको धारापानीमा सवारी साधनको ठक्करबाट करिब ३५ वर्षीय पुरुषको मृत्यु भएको छ। मृतकको नाम, थर, ठेगाना खुलेको […]
मकवानपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने हेटौडा उपमहानगरपालिका वडा नम्बर-१५ स्थित वन कार्यालयको ढाट नजिक सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।बिहीबार साँझ नारायणघाट बाट विरगंज तर्फ जादै गरेको ना ८ ख १२४८ नम्बरको बसमा विपरीत दिशाबाट आउदै गरेको बा ७८ प ९९३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ठोक्किदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर
झापामा तीन गुणाले सवारी दुर्घटना बढेको छ । कोरोना भाइरसको महामारीका बीच बन्दाबन्दी गरिए पनि निजी सवारी साधन सञ्चालन हुँदा सवारी दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले बताए ।झापामा आर्थिक वर्ष २०७६/७७ मा २३१ सवारी दुर्घटना भएका थिए भने आव २०७७/७८ मा करिब तीन गुणा बढी अर्थात् ६५७ सवारी दुर्घटना भएको प्रसनि खड्काले जानकारी दिए ।आव २०७६/७७ मा दुर्घटनामा परेर ६२ जनाको मृत्यु भएको थियो भने २६७ जना घाइते भएका थिए । त्यस्तै आव २०७७/७८ मा सवारी दुर्घटन
धनुषा । धनुषामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । ढल्केवर–जनकपुर राजमार्गको सपही सडकखण्डमा आज बिहान सवारी दुर्घटनामा महोत्तरीको भङ्गहा नगरपालिका–९ बस्ने दीपक यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । दुर्घटनामा परी घाइते यादवकोे उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ […]
मकवानपुर । हेटौँडा उपमहानगरपालिका–९ मा आज दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा महागढीमाई नगरपालिका–४ का ३५ वर्षीय सञ्जयकुमार शुक्ला रहेका छन् । पूर्वपश्चिम राजमार्गको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा ना३८प ९३५३ नंको मोटरसाइकल र बा८च २९५३ नंको कार एक आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल शुक्लाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]