बुटवलमा धमाधम केबलकार निर्माण

रूपन्देहीको बुटवलबाट पाल्पाका पर्यटकीय स्थल जोड्ने गरी दुई वटा केबलकार निर्माण धमाधम भइरहेको छ । बुटवलबाट पाल्पाको नुवाकोटसम्म एउटा र अर्को वसन्तपुर डाँडासम्म ओहोरदोहोर हुने गरी निर्माण भइरहेको हो । यसै वर्षभित्र निर्माण पूरा गरेर सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । निर्माणका लागि ०६२ सालमा लाइसेन्स पाएका दुवै कम्पनीले रुख कटान अनुमति पाएपछि निर्माण थालेका हुन् ।

सम्बन्धित सामग्री

केबलकार निर्माण धमाधम

बुटवलमा दुई ठूला केबलकार परियोजनाको तीव्र रूपमा निर्माण भइरहेको छ। लुम्बिनी भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले बुटवलबाट पाल्पाका दुई ऐतिहासिक स्थान नुवाकोट र वसन्तपुर पुग्न केबलकार निर्माण भइरहेको हो। तिनाउ नदी वारिपारि आधार (बेस) स्टेसन राखेर बुटवलमा लुम्बिनी केबलकार र सिद्धार्थ केबलकार निर्माणाधीन छन्। बुटवलमा रहेको अस्थायी राजधानी दाङमा स्थानान्तरणपछि बजार सुस्ताउने अनुमान गरिएको छ। सो विकल्पका रूपमा यी दुई केबलकार निर्माण सम्पन्न भएको अवस्थामा बुटवल क्षेत्र आर्थिक तथा पर्यटकीय ‘हब’ बन्ने अपेक्षा गरिएको छ।