काठमाडौं : नेकपा एमालेको सांसद भीम रावलले देशको न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकामा विकृतिको थुप्रो लागेको बताएका छन्। प्रतिनिधिसभा बैठकमा आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफलको क्रममा तथ्यको आधारमा अघि बढ्नुपर्ने बताएका हुन्। उनले भने, ‘महाभियोगको प्रस्ताव ल्याएको कति भयो? हामी कता जाँदैछौँ। यस्तो गम्भिर बिषयलाई समयमै निराकण गर्नुपर्यो। छानविन समितिले त्यसबारेमा के गर्दैछ? हाम्रा न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकामा वि