आज कोशी प्रदेश सरकारमा सहभागी हुँदै नेपाली कांग्रेस, कोइराला समूह तत्काल नजाने

कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस आज सहभागी हुने भएको छ । सरकारमा सहभागी हुने निर्णय गरेको डेढ महिनापछि कांग्रेसका तीन मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी हुने भएका छन् ।

सम्बन्धित सामग्री

सार्वभौम सत्ताका पक्षमा उभिएलान् नेताहरू यो चुनावमा?

खुल्लमखुला लेनदेनको राजनीतिले चुनावी प्रक्रियामा निर्वाचनपूर्वको राजनीतिक समीकरणको खाका कोर्न थालेको छ। कांग्रेसभित्र शेखर कोइराला समूह समानुपातिकमा ३५ प्रतिशतको हैसियत प्राप्त गर्न सफल भएपछि प्रत्यक्षतर्फ कमसेकम ४० प्रतिशत उम्मेदवार आफ्ना हुनुपर्ने अडानमा छ। नेपाली कांग्रेस सिद्धान्त, आदर्श र विकेन्द्रीकृत सांगठनिक चरित्रको पार्टी हैन र त्यहाँ निजी वफादारीका आधारमा नेताले टिकट वितरण गर्छन् भन्ने कुराको प्रमाण […]

वार कि पारको अवस्थामा शेखर समूह

नेपाली कांग्रेस पार्टी नेतृत्वको मनोमानीबिरुद्ध शेखर कोइराला समूह वार कि पारको स्थितिमा पुगेको छ । समानुपातिक निर्वाचनका लागि सूचीमा व्यापक असन्तुष्ट कोइराला समूह आन्दोलन गर्ने निर्णयमा पुगेको छ । सोमबार ठमेलमा बसेको शेखर समूहका नेताहरुको बैठकले समानुपातिकको बन्दसूची सच्याउन नेतृत्वलाई दबाव दिन भन्दै आन्दोलन घोषणा गरेको हो । पार्टी सभापति शेरबहादुर देउवामाथि निरन्तर दबाव दिइरहेको …

शेखर कोइराला समूहबाट धनुषा कांग्रेस सभापतिमा दिनेश प्रसैलाको उम्मेदवारी

जनकपुरधाम – नेपाली कांग्रेस धनुषाको सभापतिमा संस्थापन इतर समूह (शेखर कोइराला समूह) ले दिनेश प्रसाद प्रसैलालाई उम्मेदवार बनाउने भएको छ । सोमबार जनकपुरधाममा पत्रकार सम्मेलन गरेर कांग्रेसका केन्द्रीय सहमहामन्त्री बद्री पाण्डेले प्रसैलाको नाम सभापतिको लागि घोषणा गरेका हुन् । सहमहामन्त्री पाण्डेले जिल्ला अधिवेशनमा आफूहरुले जित्ने बताए । उनले भने, ‘केन्द्रीय अधिवेशनमा इतर पक्षमा ४० प्रतिशत […]

धनुषा कांग्रेस सभापतिका लागि चार नेताको दाबी

जनकपुरधाम : आगामी पुस २७ गते हुन लागेको धनुषा  जिल्ला अधिवेशनमा नेपाली कांग्रेस धनुषाको सभापतिका लागि  चार नेताले दाबी गरेका छन्। वर्तमान कार्यसमितिमा उपसभापति रहेका सन्तोष यादव, सचिव विशेश्वर यादव, क्षीरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियार र संविधानसभाका सदस्य दिनेश प्रसैलाले सभापतिका लागि दाबेदारी गरेका हुन्।हालै सम्पन्न प्रदेश अधिवेशनमा देउवा र निधि–कोइराला समूह प्यानल बनाएर चुनावी मैदानमा उत्रिएको थियो। धनुषाको जिल्ला अधिवेशनमा पनि यही दुई समूहबीच प्रतिस्पर्धा हुने