काठमाण्डौ – कतार सरकारले ट्राफिक नियम उलंघनमा दिएको ५० प्रतिशत छुट २०२२ को मार्च १७ सम्म कायम राखेको छ ।
कतारको आन्तरिक मामिला मन्त्रालयले त्यहाँ गाडी चलाउँदा ट्राफिक उलंघन गरेकाहरुलाई मार्च १७ सम्म ५० प्रतिशत जरिबाना कम गरेको हो । याे छुट सुविधा गएकाे डिसेम्बर १८ देखि लागू भएकाे हाे । कतारमा रहेर ट्राफिक उलंघन गरि जरिबाना परेका नेपाली श्रमिकहरुलाई समयमै भुक्तानी गरि लाभ लिन त्यहाँ रहेको नेपाली दूतावासले आग्रह गरेको छ ।
कतारमा ट्राफिक उलंघन गरेर सवारी साधनमाथि लगाइएका प्रतिबन्ध रेकर्ड भएक...