काठमाडौं, कात्तिक १० । बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि महाअभियोग लगाउन राजनीतिक दलहरुको ध्यानाकर्षण गराएको छ । बुधबार विज्ञप्तिमार्फत् नागरिक आन्दोलनले न्यायालयमा देखिएको वर्तमान संकट निदानका लागि बार एसोसियसन, पूर्व प्रधानन्यायाधीश, वरिष्ठ अधिवक्ताहरु र न्यायाधीश समाजको आह्वानसमेतलाई समर्थन गर्दै प्रधानन्यायाधीश राणामाथि महाअभियोग लगाउन ध्यानाकर्षण गराएको हो । नागरिक आन्दोलनले न्यायपालिकामा व्यापक सुधारका साथै […]