भारतबाट नेपाल भित्रिने नागरिकको सीमामा स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमिण देखिने क्रम निकै बढ्न थालेको छ । भारतमा कोरोना संक्रमणदर दिन प्रतिदिन बढिरहेका बेला त्यहाँबाट नेपाल आउने नागरिकमा पनि संक्रमण देखिने क्रम बढेको गौरीफन्टा नाकास्थित सीमा स्वास्थ्य बिटले जनाएको छ । धनगढीस्थित त्रिनगर स्वास्थ्य बिटका इन्चार्ज गणेश साउदका अनुसार पछिल्लो समय भारतबाट आउने मध्ये १० प्रतिशतसम्म मानिसमा कोरोनाको संक्रमण देखिन थालेको छ । पछिल्लो समय भारतबाट गौरीफन्टा नाका हुँदै दैनिक दुई सय ५० जनासम्म मानि